विराटनगर,जेठ १९
रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले कोरियन भाषा परीक्षाको मिति र केन्द्र सार्वजनिक गरेको छ ।
हिँजो सार्वजनिक गरेको सुचना अनुसार भाषा परीक्षा यही जेठ २६ र २७ गते हुने छ ।
भाषा परीक्षाको २८ वटा केन्द्र तोकिएको छ भने काठमाडौं, ललितपुर र पोखराका बिभिन्न सेन्टरहरुबाट परीक्षा लिइने छ ।
भाषा परीक्षा दुई सिफ्टमा हुनेछ । पहिलो सिफ्ट बिहान ८ बजेदेखि १० बजेसम्म र दोस्रो सिफ्ट १२ बजेदेखि ४ बजेसम्म हुने ईपीएस कोरिया शाखाले जनाएको छ ।
कामको लागि कोरिया जान इच्छुकहरुले भाषा परीक्षा उत्तीर्ण गर्नुपर्दछ । सन् २०१९ देखि भने सीप परीक्षण पनि अनिवार्य गरिने भएको छ ।
परीक्षा केन्द्र हेर्न यहाँ click गर्नुहाेस्