NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो  शुक्रबार साउन १६ , २०८२
पहिलो राष्ट्रिय कोदो दिवसःगरिबको खानाबाट सुपर फुडसम्म शुक्रबार साउन १६ , २०८२
८ दशकपछि राष्ट्रसंघको उच्च तहमा पुग्यो नेपाल शुक्रबार साउन १६ , २०८२
माधवले आफ्नै पार्टीमा आगो लगाए, झलनाथसँग मागे राजीनामा  शुक्रबार साउन १६ , २०८२
प्रचण्ड र ओलीलाई बाबुरामले भने मठाधिस स्टालिन शुक्रबार साउन १६ , २०८२
Next
Prev

समाचार

क्षतिग्रस्त नहर मर्मतको कार्य अन्तिम चरणमा

शनिबार जेष्ठ १९ , २०७५
Reading Time: 1 min read
A A
क्षतिग्रस्त नहर मर्मतको कार्य अन्तिम चरणमा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विराटनगर, जेठ १९

सुनसरी–मोरङ सिँचाइ योजना अन्तगर्तको मूलनहरलाई बाढी तथा पहिरोबाट जोगाउन तटबन्ध निर्माण तथा नहर मर्मतकार्य अन्तिम चरणमा पुगेको छ ।

रु ११ करोडको लागतमा तटबन्ध निर्माण तथा नहर मर्मतकार्य गरिएको हो ।

Advertisement

गत साउन २७ र २८ गते आएको बाढीले मोरङको नेता चौकदेखि बाहुनी हुँदै केरौनको झमनपुर नहर शाखासम्म क्षतिग्रस्त मूलनहर, उपनहर र शाखा नहर तथा नहरको दुबैतर्फ डिलको मर्मत अन्तिम चरणमा पुगेको हो । मर्मत र निर्माण कार्य भइसकेपछि तोकिएको समयमा नै किसानलाई सिचाईंका लागि पानी उपलब्ध हुने विश्वास योजना प्रशासनको छ ।

बाहुनी पूर्व बेलबारी र कानेपोखरीको बीचमा रहेको चिसाङ खोलालाई बाढीले क्षतिग्रस्त बनाएपछि त्यसबाट मूलनहरमा असर पर्नसक्ने खतरा बढेकाले नहरललाई सुरक्षित बनाउन रु पाँच करोड ३५ लाखको लागतमा चिसाङ खोला नियन्त्रणको कार्य पनि सम्पन्न भएको योजनाका डिभिजनल इञ्जिनियर प्रदीप वान्तवाले बताए ।

उक्त खोलामा १० मिटर चौडाइ भएको एक हजार ५०० मिटर लामो चेनलाइजेशन तथा आठ सय मिटर खोलाको दुबै छेउमा ढुंगासहितको पक्की तारजाली निर्माण गरिएको छ । पुल कलभर्ट र पानी निकासका लागि हिमपाइप समेत जडान गरिएको छ । उक्त निर्माण कार्य स्वामी नारायण आर्शिवाद साह जेभि कन्सट्रक्सन प्रालिले गरिएको छ ।

उक्त खोलाको नियन्त्रण कार्यले त्यहाँस्थित कदम चौक गाउँको मानवबस्तीका साथै बालीनाली र चौपाया सुरक्षित भएको स्थानीय राम चौधरीले बाताए । त्यस्तै नेता चौकदेखि केरौनसम्म नहरको डिललाई व्यवस्थित बनाउन र यातायात सुविधा पु¥याउन गिञ्जली कन्सट्रक्सनद्वारा रु पाँच करोड ५० लाखको लागतमा ग्राभेल गर्ने कार्य अन्तिमचरणमा पुगेको योजनाका अर्का डिभिजनल इञ्जिनियर श्रीप्रसाद साहले बताए ।

त्यसैगरी गत साउन अन्तिमसाताको बाढीले बेलबारीमा रहेको लोहन्द्रा खोलाको मूल नहरको पुल तथा पानी बग्ने साइफन ध्वस्त बनाएपछि त्यहाँ सिँचाइ कार्य अवरुद्ध भएकाले सो ठाउँमा पानीको इन्टेक बनाएर नहरमा पानी ल्याउने व्यवस्था भइरहेको इञ्जिनियर साहले भने।

तत्कालै लोहन्द्रा खोलामा पुल र साइफन निर्माण गर्ने अवस्था नरहेको अवस्थामा लोहन्द्राको पानीलाई बेतौना खोलामा (इन्टेक) गरी मूल नहरमा ल्याएर सिँचाइ सुविधा पु¥याउने तयारी भइरहेको छ ।

त्यहाँ बेलबारी पूर्व धरहरामा तीन किलोमिटरसम्म नहर सफाइको काम योजनाले गरिरहेको इञ्जिनियर सुकदेव शर्माले अनुगमनका क्रममा भने,“लोहन्द्रामा रहेको मूल नहरको पुल र साइफन बाढीले भत्काउँदा बेलबारीदेखि केरौन सम्मको १२ किलो मिटर आसपासका १३ हजार हेक्टर खेतीयोग्य जमिन सिँचाइ सुविधाबाट वञ्चित भएको छ ।”

त्यसैगरी सुनसरी जिल्लाको रामगञ्ज, सीतागञ्ज र चतरा मूल नहरमा समेत क्षति ग्रस्तभएको नहर पूर्वाधार निर्माण र मर्मतकार्य भइरहेको इञ्जिनियर शर्माले भने ।

चार दशक अगाडि भारत सरकारद्वारा निर्माण गरिएको सुनसरी– मोरङ सिँचाइ योजनाको मूल नहर ५३ किलोमिटर छ भने त्यसबाट सुनसरी मोरङ जिल्लाको ६८ हजार हेक्टर जमिन सिँञ्चित हुँदैआएको योजनाले जनाएको छ ।

योजनाको निर्माणले सुनसरी–मोरङका किसानको जनजीवनमा उपलब्धि भएको र कृषिको उत्पादनमा ठूलो सहयोग भएको राष्ट्रिय जल उपभोक्ता महासंघका पूर्व अध्यक्ष रामप्रसाद मेहताको विश्वास छ ।
रासस

लोकप्रीय

माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

शुक्रबार साउन १६ , २०८२
पहिलो राष्ट्रिय कोदो दिवसःगरिबको खानाबाट सुपर फुडसम्म

पहिलो राष्ट्रिय कोदो दिवसःगरिबको खानाबाट सुपर फुडसम्म

शुक्रबार साउन १६ , २०८२
८ दशकपछि राष्ट्रसंघको उच्च तहमा पुग्यो नेपाल

८ दशकपछि राष्ट्रसंघको उच्च तहमा पुग्यो नेपाल

शुक्रबार साउन १६ , २०८२

विचार

थप समाचार

माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 
ताजा समाचार

माधवले आफ्नै पार्टीमा आगो लगाए, झलनाथसँग मागे राजीनामा 
ताजा समाचार

माधवले आफ्नै पार्टीमा आगो लगाए, झलनाथसँग मागे राजीनामा 

शुक्रबार साउन १६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:Russiaसंग सम्बन्ध तोड्न Indiaलाई दबाब, Chinaले Russiaबाट तेल खरिद जारी राख्ने

World News:Russiaसंग सम्बन्ध तोड्न Indiaलाई दबाब, Chinaले Russiaबाट तेल खरिद जारी राख्ने

00:15:55

World News:पाक सेनाविरुद्ध ड्रोन छाडिदै, ३ सन्तान जन्माए १५ सय डलर || Nepal Times

00:15:53

World News: यु*द्ध रोक्न Russiaलाई नयाँ डेडलाइन, रोकियो भारतीय नर्सको मृ*त्युदण्ड || Nepal Times

00:16:03

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

00:13:47

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

शुक्रबार साउन १६ , २०८२
ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट  Su–५७ किन्ने

ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट Su–५७ किन्ने

शुक्रबार साउन १६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

हालका पोस्टहरू

माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

शुक्रबार साउन १६ , २०८२
पहिलो राष्ट्रिय कोदो दिवसःगरिबको खानाबाट सुपर फुडसम्म

पहिलो राष्ट्रिय कोदो दिवसःगरिबको खानाबाट सुपर फुडसम्म

शुक्रबार साउन १६ , २०८२
८ दशकपछि राष्ट्रसंघको उच्च तहमा पुग्यो नेपाल

८ दशकपछि राष्ट्रसंघको उच्च तहमा पुग्यो नेपाल

शुक्रबार साउन १६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.