×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

क्षतिग्रस्त नहर मर्मतको कार्य अन्तिम चरणमा

१९ जेष्ठ २०७५

विराटनगर, जेठ १९

सुनसरी–मोरङ सिँचाइ योजना अन्तगर्तको मूलनहरलाई बाढी तथा पहिरोबाट जोगाउन तटबन्ध निर्माण तथा नहर मर्मतकार्य अन्तिम चरणमा पुगेको छ ।

Advertisement

रु ११ करोडको लागतमा तटबन्ध निर्माण तथा नहर मर्मतकार्य गरिएको हो ।

गत साउन २७ र २८ गते आएको बाढीले मोरङको नेता चौकदेखि बाहुनी हुँदै केरौनको झमनपुर नहर शाखासम्म क्षतिग्रस्त मूलनहर, उपनहर र शाखा नहर तथा नहरको दुबैतर्फ डिलको मर्मत अन्तिम चरणमा पुगेको हो । मर्मत र निर्माण कार्य भइसकेपछि तोकिएको समयमा नै किसानलाई सिचाईंका लागि पानी उपलब्ध हुने विश्वास योजना प्रशासनको छ ।

बाहुनी पूर्व बेलबारी र कानेपोखरीको बीचमा रहेको चिसाङ खोलालाई बाढीले क्षतिग्रस्त बनाएपछि त्यसबाट मूलनहरमा असर पर्नसक्ने खतरा बढेकाले नहरललाई सुरक्षित बनाउन रु पाँच करोड ३५ लाखको लागतमा चिसाङ खोला नियन्त्रणको कार्य पनि सम्पन्न भएको योजनाका डिभिजनल इञ्जिनियर प्रदीप वान्तवाले बताए ।

उक्त खोलामा १० मिटर चौडाइ भएको एक हजार ५०० मिटर लामो चेनलाइजेशन तथा आठ सय मिटर खोलाको दुबै छेउमा ढुंगासहितको पक्की तारजाली निर्माण गरिएको छ । पुल कलभर्ट र पानी निकासका लागि हिमपाइप समेत जडान गरिएको छ । उक्त निर्माण कार्य स्वामी नारायण आर्शिवाद साह जेभि कन्सट्रक्सन प्रालिले गरिएको छ ।

उक्त खोलाको नियन्त्रण कार्यले त्यहाँस्थित कदम चौक गाउँको मानवबस्तीका साथै बालीनाली र चौपाया सुरक्षित भएको स्थानीय राम चौधरीले बाताए । त्यस्तै नेता चौकदेखि केरौनसम्म नहरको डिललाई व्यवस्थित बनाउन र यातायात सुविधा पु¥याउन गिञ्जली कन्सट्रक्सनद्वारा रु पाँच करोड ५० लाखको लागतमा ग्राभेल गर्ने कार्य अन्तिमचरणमा पुगेको योजनाका अर्का डिभिजनल इञ्जिनियर श्रीप्रसाद साहले बताए ।

त्यसैगरी गत साउन अन्तिमसाताको बाढीले बेलबारीमा रहेको लोहन्द्रा खोलाको मूल नहरको पुल तथा पानी बग्ने साइफन ध्वस्त बनाएपछि त्यहाँ सिँचाइ कार्य अवरुद्ध भएकाले सो ठाउँमा पानीको इन्टेक बनाएर नहरमा पानी ल्याउने व्यवस्था भइरहेको इञ्जिनियर साहले भने।

तत्कालै लोहन्द्रा खोलामा पुल र साइफन निर्माण गर्ने अवस्था नरहेको अवस्थामा लोहन्द्राको पानीलाई बेतौना खोलामा (इन्टेक) गरी मूल नहरमा ल्याएर सिँचाइ सुविधा पु¥याउने तयारी भइरहेको छ ।

त्यहाँ बेलबारी पूर्व धरहरामा तीन किलोमिटरसम्म नहर सफाइको काम योजनाले गरिरहेको इञ्जिनियर सुकदेव शर्माले अनुगमनका क्रममा भने,“लोहन्द्रामा रहेको मूल नहरको पुल र साइफन बाढीले भत्काउँदा बेलबारीदेखि केरौन सम्मको १२ किलो मिटर आसपासका १३ हजार हेक्टर खेतीयोग्य जमिन सिँचाइ सुविधाबाट वञ्चित भएको छ ।”

त्यसैगरी सुनसरी जिल्लाको रामगञ्ज, सीतागञ्ज र चतरा मूल नहरमा समेत क्षति ग्रस्तभएको नहर पूर्वाधार निर्माण र मर्मतकार्य भइरहेको इञ्जिनियर शर्माले भने ।

चार दशक अगाडि भारत सरकारद्वारा निर्माण गरिएको सुनसरी– मोरङ सिँचाइ योजनाको मूल नहर ५३ किलोमिटर छ भने त्यसबाट सुनसरी मोरङ जिल्लाको ६८ हजार हेक्टर जमिन सिँञ्चित हुँदैआएको योजनाले जनाएको छ ।

योजनाको निर्माणले सुनसरी–मोरङका किसानको जनजीवनमा उपलब्धि भएको र कृषिको उत्पादनमा ठूलो सहयोग भएको राष्ट्रिय जल उपभोक्ता महासंघका पूर्व अध्यक्ष रामप्रसाद मेहताको विश्वास छ ।
रासस

Advertisement

 

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top