रु तीस लाखको सहयोगमा सभा हल निर्माण

रु तीस लाखको सहयोगमा सभा हल निर्माण

पाल्पा, जेठ २०
पाल्पाको रामपुर नगरपालिकामा रु ३० लाखको लागतमा ८८ वर्षीय एक वृद्धको सहयोगमा रेशम सभा हल निर्माण भएको छ ।

रामपुर नगरपालिका–५ मटेरी बस्ने ८८ वर्षीय समाजसेवी रेशमराज पोखरेलले राधा दामोदर मन्दिरका लागि सभा हल निर्माणमा आर्थिक सहयोग गरेका हुन् ।

सो मन्दिरमा हुने विभिन्न भजनकृतन, कथावाचनलगायतका कार्यक्रम गर्न सहज होस् भन्ने उद्देश्यले सभा हल निर्माणका लागि आर्थिक सहयोग गरेको सहयोगदाता पोखरेलले बताए। उनले विभिन्न धार्मिक कार्य र सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका छन्।

करीब २०० जति मानिस अट्ने क्षमता रहेको सभा हलमा मन्दिरमा हुने विभिन्न धार्मिक क्रियाकलाप, कथावाचन, विवाह, व्रतबन्ध, पूजाआजालगायतका कार्यक्रम गर्न सजिलो हुने निर्माण समितिका अध्यक्ष दुर्गाप्रसाद पोखरेल बताए ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.