सबै देशका पर्यटकका लागि श्रीलंकाले सिमानालाई पूर्णरूपमा खुल्ला गर्‍यो

सबै देशका पर्यटकका लागि श्रीलंकाले सिमानालाई पूर्णरूपमा खुल्ला गर्‍यो

९ माघ, एजेन्सी ।

श्रीलङ्काले सबै देशका पर्यटकका लागि आफ्नो सिमानालाई पूर्णरूपमा खुल्ला गरेको छ । कोरोना महामारीका कारण लामो समय पर्यटक तथा अन्य आगमनकर्तालाई बन्द गरेको श्रीलंकाले अर्थतन्त्रमा नै असर गर्न थालेपछि पनि पुनः खुल्ला गरेको हो ।

सरकारले महामारीबाट प्रभावित अर्थतन्त्रलाई उकास्‍न पर्यटकीय गतिविधि सञ्चालन र वैदेशिक आवागमनलाई खुला गर्ने निर्णय गरेको हो । महामारीका कारण करिब ३० लाख मानिसलाई रोजगारी दिनुका साथै विदेशी मुद्रासमेत आर्जन गरिरहेको पर्यटन उद्योग धराशायी बनेपछि सरकारले सीमालाई खोल्ने निर्णय गरेको हो ।

महामारीबाट सुरक्षित रहन सरकारले विभिन्न सुरक्षा मापदण्ड र प्रक्रिया अवलम्बन गर्ने जनाइएको छ । पर्यटकहरूले बीमा गर्नुपर्ने र आवागमनपछि आफ्नै खर्चमा पीसीआर परीक्षणको लागि भुक्तान गर्नुपर्नेछ । श्रीलंकामा हाल क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधान राखिएको छैन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.