जबरजस्ती करणी आरोपमा वडाध्यक्ष बोहोरा पक्राउ

जबरजस्ती करणी आरोपमा वडाध्यक्ष बोहोरा पक्राउ

११ माघ, रामेछाप ।

जबरजस्ती करणी गरेको आरोपमा रामेछापको मन्थली नगरपालिका वडा नं १० चनखुका वडाध्यक्ष भरतबहादुर बोहोरा पक्राउ परेका छन् ।

वडाध्यक्ष बोहोरालाई शनिवार आफ्नै घरबाट प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त भक्तपुर ठिमीको पत्रअनुसार जिल्ला प्रहरी कार्यालय रामेछापले उनलाई रामेछापको आफ्नै घरबाट पक्राउ गरेको रामेछापका प्रहरी प्रमुख नवराज ढुंगानाले जानकारी दिए।

जबरजस्ती करणीको आरोपसहित ठिमी वृतमा परेको उजुरीको आधारमा जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीसहित वडाध्यक्ष बोहोरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बोहोरालाई थप अनुसन्धानका लागि ठिमि बृत्तमा नै पेश गर्ने प्रहरीको तयारी रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.