×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

नेपाली जनताले अब भोकै मर्नु पर्दैन ः प्रधानमन्त्री

२१ जेष्ठ २०७५

हटौँडा, जेठ २१
प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षभित्र कोही पनि नेपालीले भोकै मर्नु नपर्ने तरिकाले सरकारले काम गर्ने बताएका छन् ।

प्रदेश नं ३ को प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्दै उनले भने, “नेपालीले हात फैलाएर भीख माग्नुपर्ने र कोही पनि भोकले मर्नुपर्ने स्थितिको अन्त्य हुने गरी सरकारले काम गर्नेछ ।”

Advertisement

प्रधानमन्त्री ओलीले भने, “नेपालीले खानका लागि हात फैलाएर भीख माग्नु पर्दैन, अब कोही नेपाली भोकले मर्नुपर्दैन, किनकि देशका जनताका लागि सरकार छ ।”

ओलीले हरेक नेपालीले सुरक्षित भएर बाँच्न पाउने र शान्ति सुरक्षाका साथ बाँच्न पाउने अधिकारको सुनिश्चित गर्ने उल्लेख गर्दै उनले समाजवाद उन्मुख समाजमा समग्र राष्ट्रिय उत्पादनलाई बढाएर सबै नेपालीले खान, लाउन, बस्न, पढ्न पाउनेजस्ता आधारभूत अधिकार समानरुपमा उपयोग गर्न पाउने अवस्थाको विकास गर्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले त्यसका लागि सरकारले समानुपातिक, समावेशी, आरक्षणजस्ता अधिकारको व्यवस्था गरेको बताउँदै तराईका जनताका लागि ‘जनता आवास कार्यक्रम’ लाई प्रभावकारी तरिकाले अगाडि बढाउने काममा सरकारको ध्यान केन्द्रित भएको धारणा व्यक्त गरे ।

छिमेकी राष्ट्रसँग अनुचित सम्झौता नगरी नरम उचाइका साथ सार्वभौमसत्ताको संरक्षण गर्न सरकार लागेको बताउँदै उनले मुलुकको राष्ट्रियता, भौगोलिक अखण्डता, आन्तरिक हस्तक्षेप, राष्ट्रिय हितविपरीत कुनै पनि काम नगर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले सरकारको ध्यान सुखी नेपाली बनाउने र पाँच वर्षको नयाँ अभ्यासमा नेपाललाई पूर्णरुपमा आर्थिक समृद्धिको उचाइमा पु¥याउनेछ भने ।

जनताले मन पराउने काम गर्नुस्

प्रधानमन्त्री ओलीले जनताले मन पराउने गरी काम गर्न सम्पूर्ण प्रदेश सांसदलाई निर्देशन दिए ।

उनले भने, “जनताले मन पराउने गरी काम गर्नुस्, मन नपराउने काम नगर्नुस्, जनताप्रति उत्तरदायी हुने गरी काम गर्नुस् ।”

प्रधानमन्त्री ओलीले जनप्रतिनिधिलाई जनतासँग टाढाबाट नभई नजिकबाट हेर्न आग्रह गर्दै “नजिकबाट जनताले हेर्दा जनप्रतिनिधि धब्बारहित हुनुपर्छ”, भने ।

नेपालबाट निरक्षरता अन्त्य गर्ने

मुलुकबाट निरक्षरताको अन्त्य गरिन्छ, उनले भने, “अहिले सुन्दा कतिपय कुरा काल्पनिकजस्तो लाग्न सक्छ, अब निरक्षर भनेको पाँच वर्षमुनिका बालबालिका र वृद्धवृद्धा मात्र हुनेछन्, नेपालबाट निरक्षरताको अन्त्य गर्नुपर्छ ।”

प्रधानमन्त्री ओलीले विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दा पाँचदेखि १२ लाख विद्यार्थी विद्यालय बाहिर भएको अवस्थामा जुम्लाबाट साक्षरता अभियान शुरु गरेपछि हाल करीब ५९ हजारमात्र विद्यालय बाहिर विद्यार्थी रहेको उल्लेख गर्दै अर्को आर्थिक वर्षमा बाँकी छुटेका विद्यार्थीलाई पनि विद्यालय भर्ना गर्ने बताए ।

उनले आगामी असार १५ सम्म विद्यालय भर्नाको दोस्रो चरणको अभियान शुरु गरेको हुँदा यो अभियानले पनि धेरै विद्यार्थीलाई समेट्ने विश्वास व्यक्त गरे ।

भ्रष्टाचार गर्नेको अनुहार हेर्दिन

प्रधानमन्त्री ओलीले सुशासनका लागि भ्रष्टाचार अन्त्य गर्नुपर्नेमा जोड दिदैं जनताका लागि काम गर्ने प्रणालीको विकास भएको हुँदा अब मुलुकमा सुशासन जरुरी भएको बताए।

उनले भने, “सुशासनका लागि भ्रष्टाचार निर्मूल गर्नुपर्छ, भ्रष्टाचार आफू पनि गर्दिनँ, अरुलाई पनि गर्न दिन्नँ, गरेको थाहा पाएँ भने अनुहार हेर्दिनँ, चाहे आफ्नो पार्टीको होस् वा अर्को पार्टीको होस् ।”

प्रधानमन्त्री ओलीले व्यवसायका नाममा भएका सिन्डिकेट तोडिएको बताउँदै भ्रष्टाचार नियन्त्रणका लागि अन्य क्षेत्रका सिन्डिकेट पनि अन्त्य हुने र त्यसका लागि अभियान नै सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

‘मुलुक उत्पादनमुखीभन्दा उपभोगमुखी भयो’

विशेष सम्बोधनमा उनले नेपालमा खान, लाउन पुग्ने गरी उत्पादन हुने गरेको भए पनि केही निर्यात र केही आयात हुने गरेको उल्लेख गर्दै बढी मात्रामा उत्पादनमुखीभन्दा पनि उपभोगमुखी हुँदै गएको बताए ।

प्रधानमन्त्री ओलीले भने, “कति अन्न कुहाएर जाँड बनाउँछौँ, अन्न त्यत्तिकै खेर जान्छ, कपडा, जुत्ता, लुगा राम्रो लगाउँछौँ, तर भएका उद्योग बन्द गरेर हामी राम्रो उपभोगमुखी भएका छौँ ।”

कुहिएका माछा (जुन खाँदा १० वर्षमा प्रजनन क्षमता घटाउँछ) र कुहिएका केरा आयात गरी खानु उचित नभएको बताउँदै उनले पानी पिउँदा पुग्ने अवस्थामा रसायन मिसिएका जुस पिउनाले आफ्नो स्वास्थ्य खराब हुनुका साथै उपभोक्तामुखी बानीको आदतसमेत बढ्दै गएको धारणा व्यक्त गरे ।

अब अधिकार सम्पन्न सरकारहरुले स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका ओलीले अनावश्यक रुपमा नचाहिने चिजहरुको पनि आयात भइरहेको र भ्रमपूर्ण पेय पद्धार्थ र जङ्क फुटमा अल्झिएर स्वास्थ्य तथा उपभोक्तामुखी भएर ठूलो घाटा भएको बताउँदै अरबका मुलुकले तेल बेचेजस्तै हाम्रो देशले तरकारी र फलफूलको राम्रो निर्यात गर्नुपर्ने आवश्यकता आँैल्याए ।

हेटाैँडामा कपडा कारखाना चलाउने

हेटाँैडामा बन्द भएका कपडा कारखाना फेरि चलाउने अठोट सरकारले लिएको छ, उनले भने, “कपडा उद्योगका लागि नयाँ मेसिनहरु ल्याउने र त्यसका लागि व्यवस्थापनमा निजी क्षेत्रलाई पनि शेयर दिने सरकारले नीति लिएको छ ।”

प्रधानमन्त्री ओलीले नेपाललाई आधुनिकीकरण र औधोगिकीकरण बनाएर समृद्ध मुलुक बनाउने सरकारको लक्ष्य रहेको चर्चा गर्दै नेपालमा कोइलाखानी, सुनखानी, अन्य खनिजहरुको प्रशस्त सम्भावना रहेको छ भने ।

Advertisement

उनले धार्मिक, प्राकृतिक, ऐतिहासिक, हिमाल, अनौठा जीवजन्तु नेपालमा रहेको उल्लेख गर्दै यी प्रचुर सम्भावनाहरुको सदुपयोग गर्न सक्यौ भने मुलुकको समृद्धि सुनिश्चित छ भने।
रासस

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top