२० माघ, विराटनगर । नेपालमा आज थप १७१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २५९ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
अहिलेसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७१ हजार २८९ पुग्दा, तीमध्ये संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या २ लाख ६६ हजार ८५९ पुगेको छ ।
कोरोना संक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या २०३० रहेको छ ।
देशभर आज सक्रिय संक्रमितको संख्या २ हजार ४ सय पुगेको छ भने क्वारेन्टिनमा ९५ जना छन् ।