२१ माघ, काठमाडौँ ।
मिडिया एलाइन्सले संचार क्षेत्रलाई अन्य उद्योग सरह मान्यता दिलाउने सम्बन्धमा आवश्यक पहल गर्न आग्रह गरेको छ । बुधबार काठमाण्डौमा एलाइन्समा आवद्ध संचार उद्यमीहरुले उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुसंग भेट गर्दै संञ्चार क्षेत्रलाई उद्योग सरह मान्यता दिलाउने बारे पहल गरिदिन आग्रह गरेका हुन् ।
एलाइन्सका अध्यक्ष भाष्करराज कर्णिकारले संचार क्षेत्रको भूमिका र महत्वलाई बुझि व्यवहार गर्न आग्रह गरे । संचारगृहलाई पत्रकार र पत्रकारिताको आँखाबाट मात्र हेर्दा एक पक्षीय हुने भन्दै अध्यक्ष कर्णिकारले मिडियामा पनि ठूलो लगानी हुने भएकोे उद्योग सरह व्यवहार गरिनुपर्ने बताए ।
मिडिया एलाइन्सका पदाधिकारीहरुले उद्योग वाणिज्य महासंघ र संचार उद्यमी बीचको सम्बन्ध परस्पर हित हुनेगरी विकास गर्न पनि आग्रह गरे । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मिडिया क्षेत्र पनि व्यवसाय र उद्योग नै भएको विषयमा महासंघ भित्र कुनै द्वविधा नरहेको स्पष्ट पारे । उनले यस क्षेत्रलाई जिम्मेवार उद्योग बनाउन महासंघले पहल गर्ने प्रतिवद्धता जनाए ।
सो अवसरमा अध्यक्ष गोल्छाले मिडिया क्षेत्रको विषयलाई महासंघको भिजन पेपरमा समेट्ने विश्वास दिलाएका थिए ।