×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

प्रदेश नं १ नीति तथा कार्यक्रम र बजेट निर्माणमा ब्यस्त,पूर्वाधार विकासमा १० अर्बको सिलिङ

२५ जेष्ठ २०७५

विराटनगर,जेठ २५
संघीय सरकारले बजेट विनियोजन गरेसँगै एक नम्बर प्रदेश अहिले धमाधम नीति तथा कार्यक्रम र बजेट निर्माणमा जुटेको छ ।

मुलुक संघीयतामा गएसँगै प्रदेशमा पहिलोपटक नीति तथा कार्यक्रम र बजेट निर्माणमा गर्नुपर्ने भए पनि संघीय सरकारको स्पष्ट निर्देशनको अभावका कारण प्रदेश अलमलमा परेको छ ।

Advertisement

प्रदेशका कतिपय मन्त्रालयले अनुमानको भरमा बजेट विनियोजन गर्नुपर्न बाध्यताका कारण सचिवहरु नै अन्यौलमा देखिएका छन् । १ नम्बर प्रदेशका मुख्यमन्त्रीले नै सम्हालिरहेका दुई मन्त्रालय भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पूर्वाधार विकास मन्त्रालय पनि बजेट निर्माण र कार्यक्रम निर्धारणमा व्यस्त छ ।

तर, केन्द्र सरकारले दिने भनेको सशर्त अनुदानको रकम र मन्त्रालयको सिलिङ अहिलेसम्म ठोस नहुँदा ती मन्त्रालयहरु जसोतसो काम गरिरहेका छन् । साथै प्रदेशका ग्रामीण क्षेत्रका कार्यक्रम आवश्यक संरचना नहुँदा यही बसेर अनुमानको भरमा बनाउनुपर्ने मन्त्रालयको अर्को बाध्यता रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रदेश सचिव डा. हरिबहादुर केसीले बताए ।

कृषि मन्त्रालयअन्तर्गत कृषि विभाग, पशु, भूमि व्यवस्थापन, सहकारी र गरिबी निवारणसम्बन्धी काम गर्नुपर्ने छ । तर प्रदेशको आवश्यक संरचना र स्पष्ट निर्देशनको अभावमा मन्त्रालय अन्यौलमा परेको छ । यस्तै प्रदेशअन्तर्गत पूर्वाधार विकास मन्त्रालयका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले १० अर्ब बराबरको सिलिङ तोकेको थियो ।

तर, उक्त बराबरको बजेट केन्द्रले पठाउने सशर्त अनुदानसहितको हो कि बेग्लै हो भन्ने कुरा थाहा नपाउँदा आफूहरु अन्यौलमा परेको मन्त्रालयका प्रदेश सचिव सागरकुमार राईको भनाइ छ । यो मन्त्रालयअन्तर्गत सडक, सिंचाई, विद्युतसम्बन्धी भौतिक निर्माणको काम पर्छ । तर, संघीय सरकारले अहिलेसम्म ऐन बनाउन नसक्दा कुन क्षमताका कति आयोजना प्रदेशअन्तर्गत बनाउने भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन ।

केन्द्र सरकार मन्त्रालयअन्तर्गतका कार्यालयहरु हस्तान्तरण नभएको अवस्थामा बजेट विनियोजन भएर पनि कार्यान्वयनमा समस्या हुने हो कि भन्दै मन्त्रालयका सचिव सागरकुमार राईले चिन्ता व्यक्त गरे । संघीय सरकारले प्रदेश नम्बर १ सरकारका लागि जम्मा १९ अर्ब ८८ करोड ७० लाख रुपैयाँ बजेट छुट्याएको छ । जसमा वित्तीय सामानीकरणतर्फ ६ अर्ब ६१ करोड ३ लाख र सशर्त अनुदानतर्फ १३ अर्ब २७ करोड ६७ लाख रहेको छ ।

Advertisement

बजेट असार १ गतेसम्ममा ल्याउनुपर्ने बाध्यता छ । तर केन्द्र सरकारले आवश्यक अधिकार र संरचनाहरु प्रदेशलाई हस्तान्तरण नगर्दा समस्या देखिएको छ ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top