विराटनगर, जेठ २६
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर १मा गर्ने सम्बोधनको समाचार संकलनमा अवरोध भएको भन्दै मोरङका सञ्चाकर्मीले प्रदेश नम्बर १ को संसद भवन बाहिर विरोध प्रदर्शन गरेका छन् ।
प्रधानमन्त्री ओलीले शनिबार प्रदेश नम्बर १ को संसदमा सम्बोधन गर्ने कार्यक्रम रहेको थियो । उक्त कार्यक्रममा सञ्चारकर्मीलाई प्रवेश नदिइएपछि सञ्चारकर्मीले विरोध गरेका हुन् ।
प्रधानमन्त्रीको समाचार संकलनलागि पाँचजनाको नाम मात्र आएपछि सञ्चारकर्मीले विरोध जनाएका हुन् । उनीहरुले प्रधानमन्त्रीको समाचार आफूहरुले संकलन गर्न पाउनुपर्ने माग गरेका छन् ।
संसद भवनमा प्रधानमन्त्रीले १२ बजे सम्बोधन गरेका छन्।