×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

साहित्यकार सुवेदीको नागरिक अभिनन्दन

२६ जेष्ठ २०७५

विराटनगर, जेठ २६
विगत ५ दशकभन्दा लामो समयदेखि नेपाली साहित्यमा सक्रिय वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदीलाई शनिबार विराटनगरमा भव्य समारोहका बीच अभिनन्दन गरिएको छ ।

चेतना संरक्षण साहित्य प्रतिष्ठानको संयोजनमा विराटनगरसहित राष्ट्रिय र अन्तर्राष्ट्रिय २ सयभन्दा बढी संस्थाहरूले साहित्यकार सुवेदीलाई नागरिक अभिनन्दन गरेका हुन् । २००४ सालमा भोजपुरमा जन्मिएका सुवेदी दुईपटक नेपाल पज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्य भएका थिए ।

Advertisement

विशेष गरी समालोचना क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका सुवेदीका दुई दर्जनभन्दा बढी मौलिक र सम्पादित कृति प्रकाशित छन् । “नेपाली साहित्यमा मात्रै नभएर समाजका हरेक क्षेत्रमा योगदान विशिष्ट योगदान पु¥याएकाले उहाँलाई नागरिक अभिनन्दन गरेका हौं,” कार्यक्रमकी संयोजक गंगा सुवेदीले भनिन्, “राष्ट्रले गर्नुपर्ने काम हामीले गरिरहेका छौं । सर्जक भनेको राष्ट्रको अमूल्य सम्पत्ति हो ।”

सुवेदीको अग्रसरतामा स्थापित प्रतिभा पुरस्कार प्रतिष्ठानले हालसम्म ५० जनाभन्दा बढीलाई सम्मान र पुरस्कृत गरिसकेको छ ।

प्रतिष्ठानको उनी अध्यक्ष हुन् । साहित्यका साथै शिक्षा, धार्मिक, सामाजिक क्षेत्रमा समेत सुवेदीको महत्वपूर्ण योगदान रहेको आयोजक संस्थामध्येको पूर्वाञ्चल साहित्य प्रतिष्ठानका महासचिव गोकुल अधिकारीले बताए ।

दोसल्ला, माला र टीका लगाइदिएर सुवेदीकै उचाइ बराबरको ताम्रपत्र भाषाशास्त्री बालकृष्ण पोखरेल, पूर्वसञ्चारमन्त्री डा. मीनेन्द्र रिजाल, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, प्रदेशसभा सदस्य जयराम यादव, विन्द्या कार्कीलगायतले हस्तान्तरण गरेका थिए ।

उनकै सम्पादनमा २०२८ सालदेखि प्रकाशित हुँदै आएको बरगाछी पत्रिका हालसम्म निरन्तर रुपमा प्रकाशित भइरहेको छ । सुवेदीका शरद, रुपक दुई छोरा र रानु पोखरेल एक छोरी छन् । समारोहमा सुवेदीकी श्रीमती मीनालाई पनि अभिनन्दन गरिएको थियो ।

Advertisement

कार्यक्रम स्थानीय वीरेन्द्रसभा गृहमा भएको थियो । हलमा दर्शक नअटेपछि बाहिरसमेत बस्ने व्यवस्था मिलाइएको थियो ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top