विनियोजन विधेयकका शीर्षकमा छलफल शुरु

विनियोजन विधेयकका शीर्षकमा छलफल शुरु

काठमाडौँ, जेठ २७
संघीय संसद्को प्रतिनिधिसभाको आजको बैठक शुरु भएको छ ।

बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत विभिन्न मन्त्रालयका विविध शीर्षकमा छलफल आजदेखि शुरु भएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयअन्तर्गतका विभिन्न शीर्षकमा छलफल भइरहेको छ ।

उक्त मन्त्रालयअन्तर्गत विभिन्न राजनीतिक दलका छजना सांसदले खर्च कटौतीका प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।

बैठक शुरु भएसँगै विशेष समय लिँदै सांसद खगराज अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अवरोध सिर्जना भएकोप्रति आपत्ति जनाए ।

उनले जग्गाको मुआब्जा लिइसकेर १५ प्रतिशत काम सकिएको अवस्थामा निर्माण कार्य अवरोध गर्नेमाथि कारवाही गर्न आग्रह गरे। विशेष समय लिएर बोल्ने क्रम जारी छ ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.