नगदसहित १२ जना जुवाडे पक्राउ

नगदसहित १२ जना जुवाडे पक्राउ

तनहुँ, जेठ २९

तनहुँको शुक्लागण्डकी नगरपालिका–७ खैरेनीटारस्थित हीराचन होटल एण्ड लजमा सोमबार अपराह्न ५ बजे प्रहरीले छापामारी १२ जना जुवाडेलाई पक्राउ गरेको छ ।

सो जुवाको खालबाट प्रहरीले रु एक लाख २५ हजार ६१५ नगदसहित ती व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, तनहुँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए। उक्त होटलमा अवैधरुपमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मार्दा उनीहरुलाई पक्राउ गर्न सफल भएको जानकारी उनले दिए ।

जुवा खालबाट १६० पत्ती तास र उक्त नगद रकम बरामद गरिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएका सबै व्यक्तिउपर अनुसन्धान भइरहेको बताइएको छ ।
रासस

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.