५ चैत, विराटनगर । नेपालमा आज १०७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५२ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
अहिलेसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७५ हजार ६२५ पुग्दा, तीमध्ये संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या २ लाख ७१ हजार ६१० पुगेको छ ।
कोरोना संक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या ३ हजार १५ पुगेको छ ।
देशभर आज सक्रिय संक्रमित एक हजार छ भने क्वारेन्टिनमा जम्मा ५२ जना मात्र रहेका छन् ।