विराटनगर, १ वैशाख । प्रदेश १ माआज २० जनाकोरोना संक्रमित थपिएका छन् ।
मोरंगमा १६, सुनसरी र प्रदेश १ बाहिरका २–२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १५, पथरीशनिश्चरेमा १, सुनसरीको धरानमा २ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रदेश १ मा सक्रिय संक्रमितको संख्या १७९ पुगेको छ । प्रदेश १ माआज २२६ जनाको पीसीआर परीक्षण गर्दा ९ महिला र ११ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।