×

NEPAL TIMES UPDATES

Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026
Playing
World News: अमेरिकी दूतावासमा आत*ङ्क*वादी हम*ला, Americaदेखि Europeसम्म यु*द्धको विरोध
Mar 09, 2026
Playing
रविको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा|| Nepal Times
Mar 09, 2026

रुपन्देहीका सरकारी तथा निजी अस्पतालहरुमा अक्सिजनको अभाव

२३ बैशाख २०७८

२३ वैशाख, बुटवल । कोरोना संक्रमितको उपचार गराइरहेका रुपन्देहीका सरकारी तथा निजी अस्पतालहरुमा अक्सिजनको अभाव हुन थालेको छ ।

संक्रमितको संख्या बढेसँगै अक्सिजनको खपत ह्वात्तै बढेपनि आपूर्ति कम हुँदा अभाव खड्केको हो ।

लुम्बिनी प्रादेशिक अस्पताल र बुटवल धागो कारखानामा सञ्चालित कोरोना अस्पतालमा दैनिक २ सय बढी सिलिण्डिर अक्सिजन आवश्यक हुन थालेकोमा जम्मा ६५ सिलिण्डर मात्र आपूर्ति भइरहेकाले समस्या भएको हो ।

पछिल्लो भेरियन्टका संक्रमितमध्ये धेरैलाई अक्सिजन सपोर्ट चाहिने भएकाले जताततै माग बढेकाले अभाव भएको उनले औंल्याए ।

रुपन्देहीमा एकै दिनमा झण्डै ६ सय नयां संक्रमित थपिन थालेका छन् । भारतबाट आयात रोकिएको र नेपालका अक्सिजन उद्योगको उत्पादन क्षमताले नभ्याएकाले यस्तो समस्या आएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र खनालले बताए ।

अक्सिजनको अभाव हुने आंकलन गरेर आफूले प्रमुख जिल्ला अधिकारीलाई केही दिन पहिले नै पर्याप्त आपूर्तिको व्यवस्थाका लागि अनुरोध गरे पनि हुन नसकेको उनले गुनासो गरे ।

कोरोना विशेष अस्पतालमा मात्रै ५० थान, प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा १० र इमर्जेन्सीमा ५० थान सिलिण्डिर अक्सिजन खपत भइरहेको डा. खनाल बताउँछन् ।

कोरोना संक्रमण दर बढ्दो क्रममा रहेकाले अक्सिजनको माग र खपत अझै बढ्ने भएकाले सरकार यसमा गम्भीर बन्नुपर्ने डा. खनालको आग्रह छ ।

हाल कोरोना अस्पतालको आईसीयूमा १५, एचडीयूमा ३२ जना र फिबर क्लिनिकमा ७ जना संक्रमित उपचाररत रहेको उनले बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालमा जस्तै भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा पनि अक्सिजन सिलिण्डर अभाव भएको छ ।
अस्पतालले कम्तीमा पनि दैनिक ८ सय थान अक्सिजन सिलिण्डर सहज आपूर्तिका लागि सहयोग र समन्वय गरिदिन अपिल गरेको छ ।

अक्सिजन अभावमा अस्पतालले तयारी अवस्थामा रहेको ६० वेडको एच.डी.यु. समेत सञ्चालन गर्न नसकेको अस्पतालका सूचना अधिकारी सुशील गुरुङले बताए ।

अस्पतालमा सामान्य अवस्थामा १२५ वटा अक्सिजन सिलिण्डर खपत भइरहेको अवस्थामा कोरोना संक्रमण बढेपछि १ सय वेडको कोभिड आई.सी.यु. सहित अन्य गम्भिर प्रकृतिका विरामीहरु समेत उपचाररत रहेको अवस्थामा प्रत्येक दिन ५ सय अक्सिजन सिलिण्डर खपत भइरहेको गुरुङले बताए ।

‘बेड बरु आवश्यकता अनुसार थपेर संक्रमितलाई राख्न सक्छौं तर अक्सिजन नभए कसरी उपचार गर्ने ?’ गुरुङले भने ।

बुधबारसम्म रुपन्देहीमा ४ हजार ९ सय ५५ जना सक्रिय संक्रमित रहेकोमा १ सय ६४ जना लक्षणसहितका संक्रमित रहेका स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top