६ जेठ, काठमाडौं ।
अन्तर्राष्ट्रिय उडान बन्द हुँदा साउदीमा अड्किएका पाँच नेपालीको शव नेपाल एयरलाइन्समार्फत स्वदेश ल्याइएको छ ।
वैदेशिक रोजगार बोर्डको पहलमा भारतीय नागरिक लिएर साउदी गएको नेपाल एयरलाइन्सको वाइड बडी जहाजले हिजो पाँच नेपालीको शव ल्याएको बोर्डले जनाएको छ ।
नियमित उडान रोकिए पनि नेपालमा अलपत्र परेका भारतीय नागरिकलाई साउदी लैजान सरकारले अनुमति दिएपछि नेपाल एयरलाइन्सले चार्डड उडान गरेको हो । जाँदा भारतीय नागरिक लिएर गएको वाइड बडी जहाजले फर्कदा भने नेपालीको शव लिएर फर्किएको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार साउदीमा अझै करिब १२ जना नेपालीको शव बाँकी रहेको छ । बाँकी शव पनि ल्याउनका लागि बोर्डले अनुरोध गरेको र दूतावासले सबै प्रक्रिया पूरा गरेर पठाउन सम्भव भएसम्म पठाउने बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले बताए ।
अहिले निषेधाज्ञाको समयमा विमानस्थलसम्म आफन्तहरू शव लिन आउन नसक्ने भएकाले बोर्ड आफैँले शव बुझेर निःशुल्क रूपमा मृतकको घरसम्म पु¥याइरहेको छ । बोर्डले वैदेशिक रोजगारीमा ज्यान गुमाएका नेपालीको शव मृतकको घरसम्म पु¥याउन निःशुल्क ढुवानी सेवा उपलब्ध गराउँदै आएको छ ।