मुख्यमन्त्री पौडेलले सोधे बादललाई मत नदिने १४ सांसदसँग स्पष्टीकरण

मुख्यमन्त्री पौडेलले सोधे बादललाई मत नदिने १४ सांसदसँग स्पष्टीकरण

८ जेठ, काठमाडौं ।

नेकपा (एमाले) बागमती प्रदेश संसदीय बोर्डको बैठकले माधव नेपाल पक्षका बागमती प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ ।

वागमती प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता डोरमणी पौडेलको अध्यक्षतामा आज बसेको संसदीय बोर्डको बैठकले पार्टी विरोधी काम गरेको भन्दै अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डेसहित १४ जनासँग २४ घण्टे स्पष्टिकरण सोधेको हो ।

१४ जना प्रदेश सभा सदस्यलाई आइतवार साँझ ५ बजेसम्म स्पष्टिकरण पेश गर्न भनिएको प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक दिपक निरौलाले जानकारी दिए ।

जेठ ६ गते भएको प्रदेशको राष्ट्रियसभा निर्वाचनमा नेपाल पक्षीय जनप्रतिनिधिले स्वतन्त्र उम्मेदवारलाई मत दिएका थिए। आफ्नै पार्टीबाट उम्मेदवार रहेका रामबहादुर थापा बादललाई उनीहरूले मत दिएका थिएनन्। सो निर्वाचनमा बादललाई डा खिमलाल देवकोटाले भारी मतले पराजित गरेका थिए ।

स्पष्टीकरण सोधिएका सांसदहरूमा अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाल, रचना खड्का, कुसुमकुमार कार्की, बसुन्धरा हुमागाईं, मुनु सिग्देल, इन्द्रमाया गुरूङ, कृष्णप्रसाद खनाल, बसन्तप्रसाद मानन्धर, शान्तिराम पौडेल, मिना ज्ञवाली र लक्ष्मण लम्साल र पार्वती सिलवाल रहेका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.