१५ जेठ, एजेन्सी ।
अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजका संस्थापक जेफ बेजोसले कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को पदबाट राजिनामा दिने मिति रोजेका छन् ।
उनले कम्पनीका कार्यकारी एन्डी जसीलाई जुलाई ५ मा सीईओको कार्यभार सुम्पने भएका छन् । बेजोसले बुधवार आयोजित शेयरधनीहरको भेलामा यस्तो बताएका हुन् । यो मितिसँग भावनात्मक सम्बन्ध रहेकोले यो मिति रोजेको बुधवार एमाजनका शेयरधनीहरुको बैठकमा बेजोसले भने ।
२७ वर्ष अघि सन् १९९४ मा ठ्याक्कै यही दिन एमाजन इन्कर्पोरेटेड भएको थियो । बेजोसको राजिनामाबारे फेबु्रअरी मै घोषणा भएको थियो । तर त्यति बेला ठ्याक्कै मिति भने तोकिएको थिएन ।
जसीले अहिले कम्पनीको क्लाउड कम्प्युटिङ व्यवसाय हेरिरहेका छन् । सीईओ पद छाडेपछि उनी कम्पनीको कार्यकारी अध्यक्ष बन्नेछन् र नयाँ प्रडक्ट र पहलमा ध्यान दिनेछन् ।
अन्तरिक्ष कम्पनी ब्लुओरिजिन र वाशिङटन पोष्ट लगायत अन्य भेञ्चरमा पनि समय खर्च गर्ने उनको योजना छ ।