सङ्क्रमण बढेपछि अफगानिस्तानका १६ प्रान्तका सबै विद्यालय बन्द

सङ्क्रमण बढेपछि अफगानिस्तानका १६ प्रान्तका सबै विद्यालय बन्द

१६ जेठ, काठमाडौं ।

कोरोना सङ्क्रमण बढेपछि अफगानिस्तानका विभिन्न १६ प्रान्तका विद्यालय बन्द गरिएको छ ।

३४ वटा प्रान्तमध्ये १६ वटा प्रान्तका सबै विद्यालय बन्द गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कोरोना भाइरस फैलिँदै गएपछि ती प्रान्तका सबै विद्यालय बन्द गरिएको खबरमा भनिएको छ ।

अफगानिस्तानमा कोरोना सङ्क्रमितको सङ्ख्या ७० हजार नाघेको छ ।

सङ्क्रमण बढ्दै गएपछि जोखिम भएका क्षेत्रहरुका विद्यालय बन्द गरिएको हो । अफगानिस्तानमा कोरोनाका कारण अहिलेसम्म झण्डै तीन हजार जनाको ज्यान गएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.