२० जेष्ठ, एजेन्सी । भारतको जम्मू–कश्मीरमा भारतीय जनता पार्टी (भाजपा)का एक नेताको हत्या भएको छ ।
विद्रोही समूहले स्थानीय पार्षद राकेश सोमनाथ पण्डिताको गोली हानेर हत्या गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पुलवामा गएराति भाजपा नेता पण्डिताको गोली हानी हत्या भएको भारतीय प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनको साथमा सधैं दुई जना निजी सुरक्षाकर्मी खटिने गरेका थिए ।
जम्मू–कश्मीरका उपराज्यपाल मनोज सिह्नासहितले यो घटनाको निन्दा गरेका छन् ।