×

NEPAL TIMES UPDATES

Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026
Playing
World News: अमेरिकी दूतावासमा आत*ङ्क*वादी हम*ला, Americaदेखि Europeसम्म यु*द्धको विरोध
Mar 09, 2026
Playing
जनताले आफ्नो शक्ति देखाएपछि नयाँ राजनीतिक युगको सुरुवात|| Nepal Times
Mar 09, 2026

मेलम्ची पहिलो चरणको निर्माण छिटै पूरा हुने

२५ जेष्ठ २०७८

२५ जेठ, काठमाडौं ।

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत पहिलो चरणको निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । आयोजनाअन्तर्गत सुरुङ र पानी प्रशोधन केन्द्र सम्पन्न भएर सञ्चालनमा आइसकेको छ भने ‘हेडवर्क’ को थोरै काम मात्रै बाँकी छ ।

‘हेडवर्क’ मा अहिले गेट राख्ने काम भइसकेको र फ्रेम राख्न बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए ।

उनका अनुसार आयोजनामा अब लामो समयको काम बाँकी छैन । विदेशबाट ल्याउनुपर्ने गेटको सामान ल्याउन मात्रै बाँकी छ ।

जर्मनीबाट ल्याउने सामान भन्सारमा आइसकेकाले थोरै काम बाँकी रहेको उनले बताए। उनले भने, “भन्सारमा आइसकेको छ त्यो आएर जडान भएपछि सकिनेछ ।”

‘हेडवर्क’ निर्माणको अवधि केही समय पहिले नै सकिएको थियो । कोभिडका कारण गत आवमा निर्माणमा अवरोध पुगेकाले अवधि थपिएको प्रवक्ता पन्तले बताए । थप भएको अवधि आगामी साउनमा नै सकिँदैछ । त्यतिबेलासम्ममा निर्माण सकिने उाको भनाइ छ । उनले भने, “हेडवर्क सकिएप्छि पहिलो चरणको पूरै सम्पन्न हुनेछ ।”

राष्ट्रिय गौरवको सो आयोजना निर्माण शुरु भएको दुई दशकपछि सम्पन्न हुने चरणमा पुगेको हो । आयोजनाले तीन महिना पहिलेदेखि नै सुरुङको परीक्षण गरेर उपत्यकामा पानी झारेको थियो ।

अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले पानी वितरण गरिरहेको छ । सुरुङको निर्माण गत आवमा नै सम्पन्न भएको थियो । गत वर्ष असारमा सुरुङ परीक्षणका क्रममा दुर्घटना भएकाले सुरुङमा आवश्यक त्रुटि सच्याएर पुनः परीक्षण गरिएको हो । दुई वर्ष पहिले नै सुन्दरीजलमा पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भइसकेको थियो ।

सुरुङ परीक्षणकै लागि पानी वितरण केही समय स्थगित गरिने आयोजनाले जनाएको छ । निर्माण कम्पनीसँग ठेक्का सम्पन्न गर्नका लागि एक पटक सुरुङ पूरै खाली गराएर परीक्षण गर्न लागिएको हो ।

सुरुङमा कुनै समस्या पाइएमा तुरुन्त सच्याएर पानी पुनः वितरण शुरु गरिनेछ । आयोजनाको पहिलो चरणको निर्माण सम्पन्न हुन लाग्दा सरकारले आगामी आवमा दोस्रो चरणको समेत निर्माण अघि बढाउने गरी रकम विनियोजन गरेको छ । आयोजनाले दोस्रो चरणको निर्माणका लागि अहिले पहुँच सडकको निर्माण गरिरहेको छ ।

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top