×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा || Nepal Times
Apr 06, 2026
Playing
सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द#nepal || Nepal Times
Apr 06, 2026
Playing
Iran–US ४५ दिन यु द्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा ह म ला || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री! कानुनी उपचारमा जाने || Nepal Times
Apr 06, 2026
Playing
कम्बोडिया पुगेका नेपाली स्क्याम जालमा, ७ जनाको उ*द्धार|| Nepal Times
Apr 06, 2026
Playing
३६ वर्षदेखि सुरक्षाकर्मीलाई ’हतक*डी’,बिचौलियाको हातमा शासन|| Nepal Times
Apr 06, 2026
Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026
Playing
ट्रम्पको अल्टिमेटम सकियो, इरानको नयाँ सर्त, अमेरिकी पाइलटको उद्धार|| Nepal Times
Apr 06, 2026
Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026

विश्वकप फुटबलमा शनिबारदेखि नकआउट चरण, कसले कोसँग खेल्ने ?

१५ असार २०७५

विराटनगर ः विश्वकप फुटबलको समूह चरणका खेल सकिएका छन् । यससँगै १६ टिम नकआउट चरणमा पुगेका छन् भने १६ टिम घर फर्किएका छन् । नकआउट चरणका खेल शनिबारदेखि सुरु हुँदैछन् । नकआउट चरणको पहिलो खेलमा शनिबार फ्रान्स र अर्जे्न्टिना खेल्नेछन् ।

Advertisement

समूह सीको विजेता फ्रान्सले समूह डीको उपविजेता अर्जे्न्टिनासँग खेल्ने भएको हो । फ्रान्स समूूह चरणमा सहज जित हात पार्दै नकआउट चरणमा पुगेको हो भने अर्जे्न्टिना मुश्किलले समूह उपविजेता बन्न सफल भएको हो । यो खेल शनिबार राति पौने ८ बजेपछि सुरु हुनेछ ।

शनिबार राति पौने १२ बजे समूूह ए को विजेता उरुग्वे र समूूह बीको उपविजेता पोर्चुगल खेल्नेछन् । उरुग्वे समूूह चरणका सबै खेल जित्दै ९ अंकका साथ प्रि क्वार्टरफाइनलमा पुुग्दा पोर्चुगल भने ५ अंकका साथ समूहको उपविजेता बनेको थियो । उसले समूूह चरणमा १ खेलमा जित र २ मा बराबरी खेलेको थियो ।

यस्तै, आइतबार राति समूह बीको विजेता स्पेनले समूह एको उपविजेता घरेलु टोली रुससँग खेल्नेछ । प्रतियोगिता सुरु हुनु अघिसम्म धेरैले औषत टिम मात्र मानेको रुसले समूह चरणमा गतिलो खेल प्रदर्शन गर्दै अर्को चरणमा स्थान सुरक्षित गरेको हो । यो खेल आइतबार राति पौने ८ बजेपछि सुरु हुनेछ ।

आइतबार राति नै समूह सीको उपविजेता डेनमार्क र समूह डीको विजेता क्रोएशिया खेल्नेछन् । यो खेल राति पौने १२ बजे सुरु हुनेछ ।समूह ईको विजेता ब्राजिलले समूह एफको उपविजेता मेक्सिकोसँग सोमबार खेल्नेछ । खेल राती पौने ८ बजेपछि शुरु हुनेछ । सोमबार नै राती पौने १२ बजेपछि सुरु हुने अर्को खेलमा समूह जीको विजेता बेल्जियम र समूह एचको उपविजेता जापान खेल्नेछन् ।

Advertisement

मंगलबारको पहिलो खेलमा समूह एफको विजेता स्वीडेन र समूह ई को उपविजेता स्वीट्जरल्याण्ड आमनेसामने हुनेछन् । खेल राति पौने ८ बजेपछि शुरु हुनेछ ।अन्तिम प्रिक्वार्टरफाइनलमा समूह एचको विजेता कोलम्बिया र समूह जीको उपविजेता इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । यो खेल मंगलबार राति पौने १२ बजेपछि सुरु हुनेछ ।प्रिक्वार्टरफाइनलबाट ८ टिम बाहिरिनेछन् भने ८ टिम क्वार्टरफाइनल चरणमा प्रवेश गर्नेछन् ।

भर्खरको समाचार

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

सम्बन्धित खबरहरु

Scroll to Top