शिक्षादिप कलेजले लियो नयाँ भर्नाहुने विद्यार्थीको प्रवेश परिक्षा

शिक्षादिप कलेजले लियो नयाँ भर्नाहुने विद्यार्थीको प्रवेश परिक्षा

विराटनगर, असार १५
विराटनगर–९ स्थित शिक्षादिप कलेजले कक्षा ११ मा भर्ना हुने विद्यार्थीको शुक्रबार प्रवेश परीक्षा लिएको छ । विज्ञान संकायको मात्र भएको परीक्षामा ६ सय ५० सिटका लागि लिएको परीक्षामा २ हजार ५ सय २६ जना विद्यार्थीले सहभागिता जनाएको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडकाले जानकारी दिए ।

प्रिन्सिपल खडकाले धेरै विद्यार्थीले शिक्षादिप कलेजमा भर्नाका लागि सहभागि जनाएको भन्दै शैक्षिक गुणस्तर अझै बृद्धि गर्दै लैजाने र अब कलेजको अझ बढी जिम्मेबारी थपिएको बताए ।

शिक्षादिप कलेजमा प्रवेश परीक्षा दिने विद्यार्थीको संख्या बढेपछी विद्यार्थीको परिक्षा व्यवस्थापन गर्न समस्या केहि कठिनाई भएको भप्रिन्सिपल खडकाले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.