११ असार, काठमाडौं ।
पछिल्लो २४ घण्टामा नेपालमा २४७६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
पीसीआर विधिबाट १७२१ र एन्टिजेन विधिबाट ७५५ जनामा संक्रमण पुष्टि भएको हो ।
शुक्रबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।
यस्तै, आज थप ५४५५ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ ।