×

NEPAL TIMES UPDATES

Playing
प्रतिनिधिसभामा रास्वपाको बहुमत सम्भावित दुई तिहाइ || Nepal Times
Mar 08, 2026
Playing
Top 15 Afternoon News || Mar-08-2026 || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ प्रतिवेदन प्रधानमन्त्रीको हातमा–निचोड सार्वजनिक गर्ने || Nepal Times
Mar 08, 2026
Playing
T20 World Cup 2026: उपाधिका कसको ? || Nepal Times
Mar 08, 2026
Playing
नवनिर्वाचित सांसदको पहिलो बैठक कहाँ बस्दैछ ? || Nepal Times
Mar 08, 2026
Playing
रास्वपा बहुमतबाट अब दुई तिहाई तर्फ उन्मुख || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै || Nepal Times
Mar 08, 2026
Playing
एउटा जिउँदो इतिहासलाई जन कारबाही  || Nepal Times
Mar 08, 2026
Playing
गगन थापाको १८ वर्षे संसदीय यात्रामा अमरेशले लगाए ब्रेक || Nepal Times
Mar 08, 2026
Playing
Election update रास्वपाले शतक(१००) पुर्यायो, अन्यको कति ? || Nepal Times
Mar 08, 2026

सिन्धुपाल्चोकका बाढी पीडितलाई राहत, पुनर्स्थापनाको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

११ असार २०७८

११ असार, काठमाडौं ।

सिन्धुपाल्चोकका बाढी पीडितलाई राहत, पुनर्स्थापना तथा भौतिक संरचना पुनर्निर्माणको माग गर्दै नेकपा (एमाले) वाग्मती प्रदेश कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ ।

शुक्रवार प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेकपा (एमाले) वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलसहितको टोलीले सिन्धुपाल्चोक बाढीमा परेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति र राहत तथा विस्थापित चार सय परिवारलाई राहत र पुनर्स्थापनाको माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

प्रधानमन्त्री ओलीसँग नदीहरूको नियन्त्रण, खानेपानी, विद्युत्, सडक, पुल लगायतका बिग्रिएका संरचनाको तत्काल पुनर्निर्माण गर्न पनि एमाले वाग्मती प्रदेश कमिटीले ध्यानाकर्षण गराएको छ ।

ज्ञापनपत्रमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति दिँदै घाइतेहरूको उपचार खर्च सरकारले बेहोर्नुपर्ने, दीर्घकालीन एकीकृत पुनर्निर्माणका लागि काम प्रारम्भ गरिनुपर्ने, चार सय परिवारलाई अस्थायी बसोबासका लागि प्रति परिवार आठ बन्डल जस्तापाता तुरुन्त व्यवस्था गर्नुपर्ने, नदी किनारामा तटबन्ध निर्माण गर्नुपर्ने, बिग्रेका मोटरबाटो मर्मत गरी सञ्चालन गर्न योग्य बनाउनुपर्ने, अस्थायी झोलुङ्गे पुल बनाउनुपर्ने लगायतका माग गरिएको छ ।

नेकपा (एमाले) वाग्मती प्रदेश संगठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले बाढी पीडितको पुनर्स्थापनाका लागि र खोलामा तटबन्ध गर्नेदेखि क्षतिग्रस्त घरहरूलाई मर्मत गर्नका लागि प्रधानमन्त्रीबाट सकारात्मक आश्वासन आएको र आफूहरू कार्यान्वयनको आशामा रहने बताए ।

गएको असार १ गते सिन्धुपाल्चोकको मेलम्ची, याङ्ग्री र लार्के खोलामा आएको बाढीमा परेर केही मानिस बेपत्ता भएका छन् भने झन्डै चार सय परिवार विस्थापित भएका छन् । बाढीबाट विकासका पूर्वाधारहरूमा समेत क्षति भएको छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top