१३ असार, एजेन्सी ।
अमेरिकाको फ्लोरिडा राज्यको मायामीमा भत्किएको भवनको डिजाइनमा गम्भीर त्रुटि रहेको पाइएको छ ।
गएको बिहीवार बिहानै १२ तले आवासीय भवन भत्किँदा १५९ जना अझै बेपत्ता छन् । अहिलेसम्म पाँच जनाको ज्यान गएको पुष्टि भएको छ । बेपत्ताहरुको खोजी तथा उद्धारको प्रयास भइरहेको छ ।
सन् २०१८ मा गरिएको निरीक्षणमा नै भवनको डिजाइनमा गम्भीर त्रुटि रहेको पाइएको थियो । इन्जिनियरहरुले गरेको निरीक्षणपछिको प्रतिवेदन अहिले मात्रै सार्वजनिक गरिएको छ ।
के कारणले ४० वर्ष पुरानो भवन भत्कियो भन्ने अझै खुलेको छैन । घटना हुँदा कति जना थिए भन्ने पनि स्पष्ट छैन । भवनको १३६ अपार्टमेन्टमध्ये ५५ वटा भत्किएका छन् ।
सन् १९८० मा बनेको भवन के कारण भत्कियो भन्ने बारे अनुसन्धान भइरहेको त्यहाँका अधिकारीले बताएका छन् ।