विराटनगर ः विश्वकप फुटबलमा अन्तिम १६ को प्रि क्वार्टरफाईनल खेलहरु आज बाट सुरु हुदैछ । यो पटकको विश्वकपमा समूह चरण पार गर्ने टोलीका युरोपियन राष्ट्र बढी छन । एसियाबाट एक टोलीले नकआउट चरणमा स्थान बनाउदा अफ्रिकाबाट कुनैपनि टोली सफल हुन सकेनन ।
विश्वकपको नकआउट चरणको खेलहरु आजबाट सुरु हुदैछन । अन्तिम १६ को पहिलो खेलमा समूह सीको विजेता फ्रान्स र समूह डीको उपविजेता अर्जेन्टिना भिड्ने छन् । सो नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।
यस्तै आज राति पौने १२ बजे हुने दोस्रो खेलमा समूह एको विजेता उरुग्वे र समूह बीको उपविजेता पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ । आगामी आईतबार समूह ईको विजेता ब्राजिल र मेक्सिको साँझ पौने ८ बजे प्रतिस्पर्धा गर्दा राति पौने १२ बजे समूह जीको विजेता बेल्जियम र समुह एचको उपविजेता जापान भिड्ने छन् ।
त्यस्तै, आगामी सोमबार समुह बीको विजेता स्पेन र समुह एको उपविजेता रुसबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ पौने ८ बजे सुरु हुनेछ । सोही दिन राति पौने १२ बजे हुने खेलमा समुह डीको विजेता क्रोएसिया र समुह सीको उपविजेता डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ ।
आगमी मंगलबार हुने खेलमा समुह एफको विजेता स्विडेन र समुह ईको उपविजेता स्विट्जरल्याण्ड साँझ पौने ८ बजे भिड्ने छन् । सोही दिन राति पौने १२ बजे समुह एचको विजेता कोलम्बिया र समुह जीको उपविजेता इङ्ल्याण्डबीच प्रतिस्पर्धा हुने तय भएको छ ।