×

NEPAL TIMES UPDATES

Playing
नवनिर्वाचित सांसदको पहिलो बैठक कहाँ बस्दैछ ? || Nepal Times
Mar 08, 2026
Playing
रास्वपा बहुमतबाट अब दुई तिहाई तर्फ उन्मुख || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै || Nepal Times
Mar 08, 2026
Playing
एउटा जिउँदो इतिहासलाई जन कारबाही  || Nepal Times
Mar 08, 2026
Playing
गगन थापाको १८ वर्षे संसदीय यात्रामा अमरेशले लगाए ब्रेक || Nepal Times
Mar 08, 2026
Playing
Election update रास्वपाले शतक(१००) पुर्यायो, अन्यको कति ? || Nepal Times
Mar 08, 2026
Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026

कोरोना सङ्क्रमणका कारण बालबालिका निकै कम जोखिममा

२६ असार २०७८

२६ असार, बीबीसी ।
कोभिडका कारण बालबालिकाहरू गम्भीर बिरामी हुने वा ज्यान गुमाउने जोखिम निकै कम रहेको एउटा नयाँ अध्ययनले पुष्टि गरेको छ।

इङ्ल्यान्डमा महामारीको पहिलो १२ महिनाको विवरणका अनुसार १८ वर्षमुनिका २५ जनाले मात्रै कोभिडका कारण ज्यान गुमाएका छन्।

एकभन्दा बढी दीर्घरोग भएका र स्नायु समस्या झेलिरहेकाहरू जोखिममा हुनेमध्येका रहे पनि समग्र जोखिम भने कम छ। त्यस्तो निष्कर्ष यूकेको खोप सुझाव समूहले निकालेको हो।

कस्तो अध्ययन ?

युनिभर्सिटी कलेज लन्डन तथा योर्क, विस्टोल र लिभरपुल विश्वविद्यालयका वैज्ञानिकहरूले बालबालिकाबारे आफूहरूको अध्ययन अहिलेसम्म विश्वमै भएको मध्येको विस्तृत भएको बताएका छन्

उनीहरूले इङ्ग्ल्यान्डको जनस्वास्थ्य तथ्याङ्क प्रयोग गरेर हेर्दा कोभिड–१९ बाट ज्यान गुमाउने धेरैजसो कलिला मानिसहरू पहिल्यै जोखिमयुक्त स्वास्थ्य समस्या भएको बताएका छन्।

–झन्डै १५ जनाको आयु कम गर्ने अवस्था अथवा पहिल्यै अन्य रोगका कारण स्वास्थ्य समस्या थियो जसमध्ये १३ जना जटिल स्नायु पक्षाघातबाट जुझिरहेका थिए।

–छ जनाको विगत पाँच वर्षमा अन्य स्वास्थ्य समस्या थिएन। यद्यपि अध्ययनकर्ताहरूले कुनै खाले रोगको हेक्का नभएको हुनसक्ने भन्दै शङ्का व्यक्त गर्छन्।

–अनुसन्धानले सुझाए अनुसार थप ३६ बालबालिकामा मृत्युका बेला कोभिड देखिए पनि ती अन्य कारणले ज्यान गुमाएका थिए।

–समग्र जोखिम अझै कम भए ज्यान गुमाउने जोखिममा रहेका धेरैजसो बालबालिकाहरू खास गरी १० वर्षभन्दा माथिल्लो उमेर समूहका र अश्वेत र एशियाली मूलका देखिएको बताइएको छ।

अध्ययनकर्ताहरूको अनुमानमा इङ्ग्ल्यान्डका झन्डै एक करोड २० लाख बालबालिकाको जनसङ्ख्यामा २५ जनाको मृत्यु हुनु एउटा फराकिलो अवस्था भएको र मृत्युदर प्रति १० लाखमा दुई जना हुनु रहेको बताउँछन्।

हालैको तथ्याङ्क अनुसार महामारी सुरु भएयता यूकेमा झण्डै एक लाख २८ हजार ३०१ मानिसहरू कोभिड पोजेटिभ भएको २८ दिनभित्र ज्यान गुमाएका थिए।

अस्पताल बसाइ दुर्लभ

बेग्लै रूपमा वैज्ञानिकहरूले इङ्ल्यान्डमा फेब्रुअरी २०२१ सम्ममा अस्पतालको आपत्कालीन सेवा लिने बालबालिकाहरूको विवरण समेत हेरेका थिए।

–झन्डै ५,८०० बालबालिकाहरू भाइरसका कारण अस्पताल भर्ना भएका थिए। जबकि अन्य रोगका कारण अस्पताल भर्ना हुने बालबालिकाको सङ्ख्या (चोटपटकबाहेक) तीन लाख ६७ हजार छ सय थियो।

–झन्डै २५० जनालाई सघन स्याहार आवश्यक परेको थियो।

–झन्डै ६९० बालबालिकाहरू कोभिडसँग जोडिएको पेडिआर्टिक इन्फ्लामेटरी मल्टिसिस्टम सिन्ड्रोम (पीआईएमएस–टिएस) का कारण अस्पताल भर्ना भएका थिए।

–खास जोखिम अझै कम भए पनि धेरै समस्या भएका, धेरै तौल भएका र मुटु र स्नायुको समस्या भएका बालबालिका उच्च जोखिममा रहने गर्छन्।

प्रमुख अनुसन्धानकर्ता प्राध्यापक रसेल भाइनलरका अनुसार खोप लगाएर बालबालिकालाई जोगाउने जटिल निर्णयहरू गर्नका लागि उनीहरूको अध्ययनमा मात्र भर नपरेर थुप्रै विमर्श आवश्यक पर्नेछ।

तर उनले यदि पर्याप्त खोप हुँदो हो त केही निश्चित समूहका बालबालिकाहरू खोपबाट फाइदा लिन सक्ने भनेर आफ्नो अध्ययनले सुझाएको बताउँछन्।

नेपालको तथ्याङ्क के छ ?

शुक्रवारसम्मको तथ्याङ्क हेर्दा नेपालमा नौ वर्षसम्ममा ४१ बालबालिका एवम् १० देखि १९ वर्षका ४८ जनाको मृत्यु भएको देखिन्छ। कूल मृत्यु भएकामध्ये यो एक प्रतिशतभन्दा कम हो।

सङ्क्रमितको सङ्ख्या भने १० वर्षसम्मका १५,४९७ छ भने ११ देखि २० वर्षका सङ्ख्या ४४,७०६ गरी कूल ६०,२०३ रहेको छ। त्यो सङ्ख्या कूल सङ्क्रमितको नौ प्रतिशतभन्दा केही बढी हो।

२० वर्षसम्मका मानिसहरूमा कोभिड हुँदा मृत्युदर ०।१५ प्रतिशत छ अर्थात औसतमा लगभग ६६० जनामा सङ्क्रमण हुँदा एक जनाको मृत्यु हुने देखिएको छ।

अन्य उमेर समूहमा मृत्युदर १.५६ छ अर्थात २० वर्षदेखिमा माथिका औसतमा ६४ जना सङ्क्रमित हुँदा एक जनाको मृत्यु हुने स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top