×

NEPAL TIMES UPDATES

Playing
नवनिर्वाचित सांसदको पहिलो बैठक कहाँ बस्दैछ ? || Nepal Times
Mar 08, 2026
Playing
रास्वपा बहुमतबाट अब दुई तिहाई तर्फ उन्मुख || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै || Nepal Times
Mar 08, 2026
Playing
एउटा जिउँदो इतिहासलाई जन कारबाही  || Nepal Times
Mar 08, 2026
Playing
गगन थापाको १८ वर्षे संसदीय यात्रामा अमरेशले लगाए ब्रेक || Nepal Times
Mar 08, 2026
Playing
Election update रास्वपाले शतक(१००) पुर्यायो, अन्यको कति ? || Nepal Times
Mar 08, 2026
Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026

सातै प्रदेशमा खोप ढुवानी

३० असार २०७८

३० असार, काठमाडौं ।
केही दिनयता विदेशबाट कोरोनाविरुद्धको खोप आउने क्रम बढेसंगै सरकारले सातै प्रदेशमा खोप ढुवानी गरेको छ ।

५५ वर्षदेखि ५९ वर्ष उमेर समूह र ६० वर्षमाथि छुटेका १८ लाख ६ हजारजनालाई भेरोसेलको पहिलो मात्रा खोप लगाउने गरी खोप वितरण थालिएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार यो संख्या अनुमानित मात्रै हो । अनुमानित संख्याका आधारमा सात प्रदेशमा खोप ढुवानी सुुरु गरिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

सरकारले सोमबार साँझ २९ असारबाट खोप लगाउन सुरु गर्ने निर्णय गरेको थियो । एक्कासि सो निर्णय भएपछि खोप वितरणमा समस्या देखिएको छ । ‘स्वास्थ्य मन्त्रालयले २४ घन्टाको समयसमेत नदिई खोप सुरु गर्ने निर्णय ग¥यो ।

राजधानीबाहिर खोप पुर्‍याउन सकिएको छैन । त्यसैले खोप ढुवानीमा एक–दुई दिन लाग्नेछ,’ आपूर्ति महाशाखाका एक अधिकारीले भने ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले १८ लाख ६ हजार ६५ जना खोप लगाउने सूचीमा पर्ने भए पनि ९० प्रतिशत अर्थात् १६ लाख २५ हजार ४९५ व्यक्तिले खोप लगाउने अनुमान गरिएको छ । सोहीअनुसार १६ लाख ८१ हजार ५५० डोज खोप प्रदेशहरूमा पठाइएको हो ।

चीनबाट ल्याएको भेरोसेल खोप २६ लाखमध्ये करिब १७ लाख ४० हजार ९६४ डोज लगाउन बाँकी छ । खोप लगाउँदै जाँदा थप खोप आउने अनुमान स्वास्थ्य अधिकारीहरूको छ ।

पहिलो चरणमा मंगलबारदेखि बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा खोप कार्यक्रम सुरु भएको छ । अन्य प्रदेशमा खोप पुगेपछि अभियान चल्नेछ । हालसम्म ६५ लाख डोज खोप आइसकेको छ ।

चीनसँग खरिद गरेकामध्ये ३२ लाख र भारतसँग खरिद गरेकामध्ये १० लाख डोज खोप आउन बाँकी छ । जापानले नेपाललाई कोभ्याक्स सुविधामार्फत १६ लाख डोज एस्ट्राजेनेका खोप दिने भएको छ ।

जापानका विदेशमन्त्री मोतेगी तोसिमित्सुले नेपाललाई कोभ्याक्स सुविधामार्फत १६ लाख डोज एस्ट्राजेनेका खोप उपलब्ध गराउने बताएका हुन् ।

कोभ्याक्स सुविधाअन्तर्गत नेपाललाई खोप उपलब्ध गराउन लागिएको नेपालस्थित जापानी दूतावासले मंगलबार जनाएको छ । ‘खोप जुलाई मध्यदेखि अगस्ट अन्तिम सातासम्म आपूर्ति हुनेछ,’ दूतावासले भनेको छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top