३ साउन, काठमाडौं ।
पछिल्लो २४ घण्टामा नेपालमा १८०१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १२२३ र एन्टिजेन विधिबाट ५७८ जनामा संक्रमण पुष्टि भएको हो ।
आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।
यस्तै, आज थप १६६७ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ ।