१६ साउन, विराटनगर ।
पछिल्लो २४ घण्टामा थप ३ हजार १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यो अघिल्लो २४ घण्टाको तुलनामा केही कम हो । हिजो तीन हजार ६ सय ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २६३ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार २८० र ४ हजार २५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जना गरी ३ हजार १०६ जनामा संक्रमण पुष्टि भएको हो ।
शनिबार थपिएका सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको जम्मा संख्या सात लाख ५६ हजार सात सय ३९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा एक हजार नौ सय १६ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ५४ हजार एक सय ७७ जना पुगेको छ ।
थप २३ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ८५७ जना पुगेको छ ।
अहिले नेपालमा ३१ हजार ३५५ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् । तीमध्ये २८ हजार २५४ जना घरमा तथा ३ हजार १०१ जना संस्थागत आइसोलेशनमा छन् ।
काठमाडौं उपत्यकामा मात्र पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ८ हजार ६६९ छ । सङ्क्रमितमध्ये अहिले ७०६ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १६६ जना भेन्टिलेटरमा छन् ।
धेरै मानिसले परीक्षण नगराएकाले वास्तविक सङ्ख्या अझ बढी हुन सक्ने विज्ञहरूको भनाइ छ । अहिले कुल परीक्षणको झन्डै २३ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ ।
विज्ञहरूले यसलाई उच्च दर मानेका छन् । नेपालमा कोभिडका कारण १.५ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ ।