१८ साउन, काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१० हजार ६१३ नमुनाको पीसीआर परीक्षणमा २ हजार २७९ र ३ हजार १९८ एन्टिजेन परीक्षण गर्दा ८४६ जना गरी ३ हजार १२५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ । त्यस्तै १ हजार ९२५ जना निको भएका छन् ।
नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ६९ हजार ३०७ पुगेको छ ।