×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

भूकम्पले क्षति पुगेका म्याग्दीका ८८ वटा विद्यालयका पुनर्निर्माण

२३ श्रावण २०७८

२३ साउन, म्याग्दी।

भूकम्पले क्षति पुगेका म्याग्दीका ८८ वटा विद्यालयका भवन पुनर्निर्माण भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विसं २०७२ को भूकम्पले भत्किएका र जीर्ण बनेका विद्यालय भवन पुनःनिर्माण गरेको हो । प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) म्याग्दीका प्रमुख तुलाराज चौलागाईले २०७८ असार मसान्तसम्म ८८ वटा विद्यालयमा २८२ वटा कक्षा कोठा भवन पुनर्निर्माण भएको जानकारी दिए।

Advertisement

“एक सय पाँच विद्यालयका ३४४ कक्षा कोठा, ५० शौचालय र २७ वटा खानेपानी आयोजना पुनर्निर्माण गर्ने लक्ष्य रहेको थियो”, उनले भने, “८८ विद्यालयका २८२ कक्षा कोठा, ४५ शौचालय र २५ वटा खानेपानी पुनर्निर्माण सकिएको छ ।” तीस वटा दुई कोठे, १० वटा तीन कोठे, ४८ वटा चार कोठे भवन पुनर्निर्माण भएको छ । पैतीस वटा भवन गत आर्थिक वर्ष २०७७/७८ मा निर्माण सकिएका हुन् । गत वर्ष ३७ वटा चार कोठे, तीन वटा तीन कोठे, १० वटा दुई कोठे भवन पुनर्निर्माणका लागि विद्यालय व्यवस्थापन समितिसँग सम्झौता भएको थियो ।

गत आवमा २४ वटा चार कोठे, एक वटा तीन कोठे र दश वटा दुई कोठे भवन निर्माण सकिएका छन् । पैतालिस शौचालय र २५ वटा खानेपानीका योजना निर्माण भएको छ । गत वर्ष सम्झौता भएका १७ वटा भवन, पाँच वटा शौचालय र दुई वटा खानेपानी आयोजनाले पूर्णता पाउन बाँकी छ । तेह्र वटा चार कोठे, दुई वटा तीन कोठे र दुई वटा दुई कोठे भवन निर्माणाधीन अवस्थामा छन् ।

एक वटा चार कोठे भवनको दोस्रो तला ढलान बाँकी छ भने अरु सबै रङरोगन गर्ने अवस्थामा रहेका एकाइका इञ्जिनीयर विष्णु रिजालले बताए । आव २०७७/७८ मा ३० शौचालय र २७ वटा खानेपानीका योजना निर्माणका लागि सम्झौता भएको थियो । पाँच शौचालय र दुई खानेपानीका योजना निमाणाधीन अवस्थामा छन् । आव २०७३/७४ देखि जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)मार्फत विद्यालय भवन पुनर्निर्माण कार्यको थालनी भएको थियो । विसं २०७६ साउन १ मा जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) स्थापना भएपछि म्याग्दीमा विद्यालय भवन, शौचालय र खानेपानी पुनर्निर्माणले थप तीव्रता पाएको हो ।

कोरोनाको जोखिम, वैशाख तेस्रो सातादेखि गरिएको निषेधाज्ञा र जेठको अन्तिम सातादेखि शुरु भएको बर्सातले ग्रामीण सडक अवरुद्ध भएर निर्माण सामग्री ढुवानी गर्न नसक्दा विद्यालय भवन पुनर्निर्माणका योजना प्रभावित बनेका हुन् । कतिपय विद्यालयमा दोस्रो चरणमा भवन निर्माण भइरहेको छ । सुविधा सम्पन्न भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन निर्माण भएपछि पठनपाठन सहज र विद्यार्थीले सुरक्षित महसुस गरेका हिमाञ्जल मावि नागीका प्रअ रमन पुनले बताए । जीर्ण भवनमा जोखिम मोलेर त्रासपूर्ण वातावरणमा पठनपाठन गर्नु/गराउनुपर्ने विद्यार्थी र शिक्षकको बाध्यता हटेको अमर ज्योति मावि डाडागाउँका प्रअ वीरबहादुर पुनले बताए ।

Advertisement

भूकम्प प्रतिरोधी क्षमताका विद्यालय भवन अपाङ्गमैत्री छन् । खानेपानी आयोजनाका संरचनालाई बालमैत्री बनाइएको छ । शौचालयका योजना छात्रामैत्री छन् । विद्यालय भवन पुनर्निर्माणका लागि म्याग्दीमा हालसम्म करिब रु ६० करोड खर्च भएको छ । आव २०७७/७८ मा पूँजीगत शीर्षकमा रु २६ करोड १९ लख ५१ हजार बजेट विनियोजन भएकोमा रु २४ करोड ९९ लाख खर्च भएको एकाइका लेखा प्रमुख नारायप्रसाद सुवेदीले बताए । भौगोलिक विकटता, वैदेशिक सहायता शीर्षकबाट दाताले प्रतिबद्धता जनाएको बजेट समयमा नआउने र स्थानीयस्तरमा पर्याप्त मात्रामा दक्ष मजदुरको अभाव विद्यालय भवन पुनर्निर्माणका क्रममा म्याग्दीमा देखिएका चुनौती हुन् ।रासस

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top