NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
क्लासिक टेकको ‘टेक सपोर्ट क्याम्प’ आजदेखि सुरु शनिबार साउन १७ , २०८२
’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै शुक्रबार साउन १६ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो  शुक्रबार साउन १६ , २०८२
पहिलो राष्ट्रिय कोदो दिवसःगरिबको खानाबाट सुपर फुडसम्म शुक्रबार साउन १६ , २०८२
८ दशकपछि राष्ट्रसंघको उच्च तहमा पुग्यो नेपाल शुक्रबार साउन १६ , २०८२
Next
Prev

समाचार

भूकम्पले क्षति पुगेका म्याग्दीका ८८ वटा विद्यालयका पुनर्निर्माण

शनिबार साउन २३ , २०७८
Reading Time: 1 min read
A A
भूकम्पले क्षति पुगेका म्याग्दीका ८८ वटा विद्यालयका पुनर्निर्माण
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२३ साउन, म्याग्दी।

भूकम्पले क्षति पुगेका म्याग्दीका ८८ वटा विद्यालयका भवन पुनर्निर्माण भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विसं २०७२ को भूकम्पले भत्किएका र जीर्ण बनेका विद्यालय भवन पुनःनिर्माण गरेको हो । प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) म्याग्दीका प्रमुख तुलाराज चौलागाईले २०७८ असार मसान्तसम्म ८८ वटा विद्यालयमा २८२ वटा कक्षा कोठा भवन पुनर्निर्माण भएको जानकारी दिए।

“एक सय पाँच विद्यालयका ३४४ कक्षा कोठा, ५० शौचालय र २७ वटा खानेपानी आयोजना पुनर्निर्माण गर्ने लक्ष्य रहेको थियो”, उनले भने, “८८ विद्यालयका २८२ कक्षा कोठा, ४५ शौचालय र २५ वटा खानेपानी पुनर्निर्माण सकिएको छ ।” तीस वटा दुई कोठे, १० वटा तीन कोठे, ४८ वटा चार कोठे भवन पुनर्निर्माण भएको छ । पैतीस वटा भवन गत आर्थिक वर्ष २०७७/७८ मा निर्माण सकिएका हुन् । गत वर्ष ३७ वटा चार कोठे, तीन वटा तीन कोठे, १० वटा दुई कोठे भवन पुनर्निर्माणका लागि विद्यालय व्यवस्थापन समितिसँग सम्झौता भएको थियो ।

LS Auto

गत आवमा २४ वटा चार कोठे, एक वटा तीन कोठे र दश वटा दुई कोठे भवन निर्माण सकिएका छन् । पैतालिस शौचालय र २५ वटा खानेपानीका योजना निर्माण भएको छ । गत वर्ष सम्झौता भएका १७ वटा भवन, पाँच वटा शौचालय र दुई वटा खानेपानी आयोजनाले पूर्णता पाउन बाँकी छ । तेह्र वटा चार कोठे, दुई वटा तीन कोठे र दुई वटा दुई कोठे भवन निर्माणाधीन अवस्थामा छन् ।

एक वटा चार कोठे भवनको दोस्रो तला ढलान बाँकी छ भने अरु सबै रङरोगन गर्ने अवस्थामा रहेका एकाइका इञ्जिनीयर विष्णु रिजालले बताए । आव २०७७/७८ मा ३० शौचालय र २७ वटा खानेपानीका योजना निर्माणका लागि सम्झौता भएको थियो । पाँच शौचालय र दुई खानेपानीका योजना निमाणाधीन अवस्थामा छन् । आव २०७३/७४ देखि जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)मार्फत विद्यालय भवन पुनर्निर्माण कार्यको थालनी भएको थियो । विसं २०७६ साउन १ मा जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) स्थापना भएपछि म्याग्दीमा विद्यालय भवन, शौचालय र खानेपानी पुनर्निर्माणले थप तीव्रता पाएको हो ।

कोरोनाको जोखिम, वैशाख तेस्रो सातादेखि गरिएको निषेधाज्ञा र जेठको अन्तिम सातादेखि शुरु भएको बर्सातले ग्रामीण सडक अवरुद्ध भएर निर्माण सामग्री ढुवानी गर्न नसक्दा विद्यालय भवन पुनर्निर्माणका योजना प्रभावित बनेका हुन् । कतिपय विद्यालयमा दोस्रो चरणमा भवन निर्माण भइरहेको छ । सुविधा सम्पन्न भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन निर्माण भएपछि पठनपाठन सहज र विद्यार्थीले सुरक्षित महसुस गरेका हिमाञ्जल मावि नागीका प्रअ रमन पुनले बताए । जीर्ण भवनमा जोखिम मोलेर त्रासपूर्ण वातावरणमा पठनपाठन गर्नु/गराउनुपर्ने विद्यार्थी र शिक्षकको बाध्यता हटेको अमर ज्योति मावि डाडागाउँका प्रअ वीरबहादुर पुनले बताए ।

भूकम्प प्रतिरोधी क्षमताका विद्यालय भवन अपाङ्गमैत्री छन् । खानेपानी आयोजनाका संरचनालाई बालमैत्री बनाइएको छ । शौचालयका योजना छात्रामैत्री छन् । विद्यालय भवन पुनर्निर्माणका लागि म्याग्दीमा हालसम्म करिब रु ६० करोड खर्च भएको छ । आव २०७७/७८ मा पूँजीगत शीर्षकमा रु २६ करोड १९ लख ५१ हजार बजेट विनियोजन भएकोमा रु २४ करोड ९९ लाख खर्च भएको एकाइका लेखा प्रमुख नारायप्रसाद सुवेदीले बताए । भौगोलिक विकटता, वैदेशिक सहायता शीर्षकबाट दाताले प्रतिबद्धता जनाएको बजेट समयमा नआउने र स्थानीयस्तरमा पर्याप्त मात्रामा दक्ष मजदुरको अभाव विद्यालय भवन पुनर्निर्माणका क्रममा म्याग्दीमा देखिएका चुनौती हुन् ।रासस

लोकप्रीय

क्लासिक टेकको ‘टेक सपोर्ट क्याम्प’ आजदेखि सुरु

क्लासिक टेकको ‘टेक सपोर्ट क्याम्प’ आजदेखि सुरु

शनिबार साउन १७ , २०८२
’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै

’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै

शुक्रबार साउन १६ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

शुक्रबार साउन १६ , २०८२

विचार

थप समाचार

क्लासिक टेकको ‘टेक सपोर्ट क्याम्प’ आजदेखि सुरु
ताजा समाचार

पहिलो राष्ट्रिय कोदो दिवसःगरिबको खानाबाट सुपर फुडसम्म
ताजा समाचार

पहिलो राष्ट्रिय कोदो दिवसःगरिबको खानाबाट सुपर फुडसम्म

शुक्रबार साउन १६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Trumpलाई नोबेल पुरस्कार दिनैपर्ने, ६भारतीय कम्पनीमाथि गक प्रतिबन्ध || Nepal Times

World News: Trumpलाई नोबेल पुरस्कार दिनैपर्ने, ६भारतीय कम्पनीमाथि गक प्रतिबन्ध || Nepal Times

00:22:07

World News:Russiaसंग सम्बन्ध तोड्न Indiaलाई दबाब, Chinaले Russiaबाट तेल खरिद जारी राख्ने

00:15:55

World News:पाक सेनाविरुद्ध ड्रोन छाडिदै, ३ सन्तान जन्माए १५ सय डलर || Nepal Times

00:15:53

World News: यु*द्ध रोक्न Russiaलाई नयाँ डेडलाइन, रोकियो भारतीय नर्सको मृ*त्युदण्ड || Nepal Times

00:16:03

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

00:13:47

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

शुक्रबार साउन १६ , २०८२
ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट  Su–५७ किन्ने

ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट Su–५७ किन्ने

शुक्रबार साउन १६ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

शुक्रबार साउन १६ , २०८२

हालका पोस्टहरू

क्लासिक टेकको ‘टेक सपोर्ट क्याम्प’ आजदेखि सुरु

क्लासिक टेकको ‘टेक सपोर्ट क्याम्प’ आजदेखि सुरु

शनिबार साउन १७ , २०८२
’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै

’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै

शुक्रबार साउन १६ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

शुक्रबार साउन १६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.