NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
 कुवेतमा फ्लाइओभर बाट हामफाले पछि नेपाली युवाको मृत्यु मङ्लबार भदौ १० , २०८२
२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि सोमवार भदौ ९ , २०८२
रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए सोमवार भदौ ९ , २०८२
भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश सोमवार भदौ ९ , २०८२
विपिनको परिवारलाई १० लाख सहयोग आइतवार भदौ ८ , २०८२
Next
Prev

समाचार

साथीका प्रेमपत्र लेख्दै साहित्यकार बनेका मालिका केशरी

शनिबार साउन २३ , २०७८
Reading Time: 1 min read
A A
साथीका प्रेमपत्र लेख्दै साहित्यकार बनेका मालिका केशरी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२३ साउन, काठमाडाैं ।

तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं–८ स्थित गणपतिमा रहेको गाउँ फर्कोदय माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्दा प्रकाशकुमार श्रेष्ठलाई साथीभाइले प्रेमपत्र लेख्न लगाउँथे।

माया, प्रेमका कुरा गर्ने श्रेष्ठले धेरैको प्रेमपत्र लेख्न थाले विद्यालय तहमै पढ्दा सयौँ साथीका प्रेमपत्र लेखेका श्रेष्ठले आफ्नो जीवनमा एउटा प्रेमपत्र लेखे। प्रतिउत्तर पत्र सकारात्मक आएन। विद्यालय जीवनमै लेखिएको उनको प्रेमपत्र सफल भएन। सयौँ साथीका लागि लेखिएको प्रेमपत्रमध्ये दर्जनौँ साथीको प्रेमजीवन सफल भएको छ। ती जोडी अहिले पनि सफल दाम्पत्य जीवनमा रमाइरहेका छन्। विद्यालय जीवनमा अरुका लागि लेखिएको प्रेमपत्रले श्रेष्ठलाई साहित्यको जग बसाउन भने राम्रो काम गरेको छ। प्रेमपत्र लेखनको अभ्यासले उनलाई तीन उपन्यास लेख्न सहयोग गरेको छ। तीनै वटा उपन्यास पनि प्रेमकै विषयमा लेखिएका छन्।

LS Auto

विद्यालय जीवनमा लेखिएको प्रेमपत्रले लेखनमा रुचि जाग्दै जान थालेपछि उनले विसं २०५८ मा कविता सङ्ग्रह ‘मिरमिरे’ निकाले। त्यसो त उहाँ कक्षा ५ मा पढ्दा विद्यालयले आयोजना गरेको कविता प्रतियोगितामा आमा देवीकुमारी श्रेष्ठले लेखेकाे कविता वाचन गरेर पहिलो स्थान हासिल गर्न सफल भएका थिए। सानैदेखि कविता, कथाजस्ता विधामा रुचि राख्नुहुने उनलाई युवा अवस्थामा उपन्यास लेख्न सहकर्मीले प्रेरणापुञ्जका रुपमा काम गरे। तिनै साथीको जीवनको वास्तविक घटनामा आधारित रहेर उनले पहिलो उपन्यास ‘पुनरुत्थान’ तयार पारे।

विद्यालय जीवनपछि उच्च शिक्षा हासिल गर्नमै व्यस्त रहेका श्रेष्ठ साहित्यतिर त्यति सक्रिय हुन पाएनन्। पढाइसकेर पेशामा सक्रिय भएकै बेला साथी होम बेल्वासेले पटकपटक आफ्नो असफल प्रेम जीवनका बारेमा सुनाउन थाले।

साथीभाइको समूहमा धेरैपटक जिस्क्याएर बेल्वासेका कुरालाई टारेका श्रेष्ठलाई एकदिन आफ्ना साथीले प्रेममा पाएको असफलताकै कारण रोएको देखेपछि भने त्यसैलाई विषय बनाएर उपन्यास लेख्ने सोच पलायो। साथीको विषयवस्तु समेटेर उपन्यास लेख्छु भनी अनुमति लिए। साथीले पनि तत्कालै स्वीकृति दिए। अनि शुरु भयो श्रेष्ठको उपन्यास लेखन यात्रा।

बेल्वासेकै प्रेम जीवनको वास्तविक घटनालाई विषय वस्तु बनाएर लेखेको उपन्यास ‘पुरुत्थान’ २०७२ भदौमा प्रकाशित भयो। उपन्यास प्रकाशन गर्न बेल्वासेले नै प्रकाशन संस्था खाेले। बेल्वासेकै प्रकाशन सस्था परिस्कृत मिडिया ग्रुपबाट ‘पुरुत्थान’ को पहिलो सस्करण प्रकाशन भयो। पहिलो संस्करणमा दुई हजारप्रति छापिएको ‘पुरुत्थान’ बजारमा सकियो। विसं २०५२ देखि २०६३ का बीचको राजनीतिक घटनाक्रमका बेलाको अन्तरजातीय प्रेमकथामा आधारित भएर लेखिएको ‘पुरुत्थान’ पाठकले मन पराए।

वेदलाई चार भागमा विभाजन गर्ने ऐतिहासिक एव पौराणिक पात्र कृष्ण द्वैपायनअर्थात् वेदव्यासको भूमि तनहुँमा जन्मेका श्रेष्ठलाई प्रारब्धले साहित्यमा आकर्षित गरेको थियो। त्यही प्रारब्धले उालाई विद्यार्थीकालमै साथीभाइको प्रेमपत्र लेखायो। प्रेमपत्र लेखेको अनुभवका आधारमा व्यावसायिक जीवनका साथी बेल्वासेको जीवनकथालाई उपन्यासमा उतारे। त्यो उपन्यास सार्वजनिक भएको केही महिनामै बजारमा सकियो।

परिचित प्रकाशन गृह साङ्ग्रिलाले ‘पुरुत्थान’ लाई पुनः प्रकाशन गर्ने प्रस्ताव अघि सा¥यो। साङ्ग्रिलाले दोस्रो सस्करणमा छापेको तीन हजारप्रति पनि बजारमा सकिएको छ। ‘पुरुत्थान’ छाप्ने बेलामै ‘मालिकाकेशरी’ को उपनामले साहित्य सिर्जना गर्ने श्रेष्ठले साङ्ग्रिलालाई भनिदिए–‘मेरो दोस्रो उपन्यास पनि तयार छ’ वास्तविकतामा उपन्यास लेखिएकै थिएन।

पहिलो उपन्यासमा साथी होम बेल्वासे र आफ्नै जीवनका पनि केही जीवन भोगाइलाई विषयवस्तु बनाएर लेखिएको उपन्यास ‘पुरुत्थान’ सफल भएपछि मालिका केशरीको दिमागमा अर्को उपन्यासको कथा तयार भइसकेको थियो। देशले व्यहोरेको दशवर्षे विद्रोहमा आमजनताले भोगेका त्रासपूर्ण जीवनलाई ‘पुरुत्थान’ मार्फत सार्वजनिक गरेका केशरीलाई यस्तै अर्को अनुभूति पनि पुस्तकाकारमा ल्याउने चाहना पलाएको थियो।

युद्धमा सशस्त्र विद्रोही र सरकार दुवैको निशाना जनता बनेका, गणतन्त्र स्थापना र त्यसपछि विकसित घटनाक्रमसँगै सदियौँदेखिको जातीय विभेदबीचमा मौलाएको अमर प्रेमकथाका रुपमा ‘पुरुत्थान’ रचना भएको थियो। पहिलो उपन्यासको मस्यौदा १२ दिनमा गरेका केशरीले सम्पादनलगायत अन्तिम रुप दिन करिब एक महिना समय खर्चगरे। दोस्रो उपन्यास ‘सुवर्णलता’ का लागि भने उनले सात महिना समय दिनुप¥यो।

‘सुवर्णलता’ मा आमाबाबुबाट छुटिनुपर्दाका पीडा, विशेषगरी आमाबाबु लाहुर गएका छोराछोरीको अवस्थालाई उपन्यासकार श्रेष्ठले पाठकसमक्ष पस्केका छन्। उपन्यासमा खोजी पत्रकारिताको प्रसङ्ग पनि छ। डोल्पाको कुनै गाउँमा सडक खन्दा भेटिएको गुफाका विषयमा खोजी पत्रकारिता गरिएको विषय पनि उपन्यासमा देखाइएको छ। गुफामा सयौँ वर्षदेखि ध्यानावस्थामा रहेकी युवतीको कथाले पाठकलाई रोमाञ्चकता प्रदान गर्छ।

उपन्यासमा मुक्तिमार्गका कुरा, प्रेम दुःखको कारण भएको, मानिस मोहमा बाँधिनुहुन्न भन्नेजस्ता विषय पनि छन्। पाठकलाई प्रेमसँग बौद्ध दर्शन र शान्तिका कुराका माध्यमबाट पढुँपढुँ लाग्ने गरी उत्सुक बनाउन उपन्यासकार केशरी सफल देखिएका छन्। उनको तेस्रो उपन्यास ‘दुङाल’ प्रकाशोन्मुख छ। भदौ ५ गते उपन्यास सार्वजनिक गर्ने तिथि तय भएको छ।

नेपालमा शरणार्थी जीवन भोग्न बाध्य तिब्बतीयन युवती कारचुङका माध्यमबाट उनले त्यस जीवनका बारेमा पाठकलाई जानकारी दिन लागेको बताए। ‘दुङाल’ तिब्बतीयन शब्द हो । जसको अर्थ दुःख भन्ने हुन्छ। उपन्यासमा शरणार्थीका कथाव्यथालाई शब्दका माध्यमबाट उनिएको छ। खम्पा विद्रोहका सन्दर्भलाई पनि उपन्यासमा समेटिएको छ। हिमालयन बौद्ध दर्शन अध्यापनमा लागेका डा रमेश ढुङ्गेलको प्रेरणाले उनलाई यो उपन्यास लेखन उत्साहित बनाएको हो।

पूर्णप्रसाद मिश्र/रासस

लोकप्रीय

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु

 कुवेतमा फ्लाइओभर बाट हामफाले पछि नेपाली युवाको मृत्यु

मङ्लबार भदौ १० , २०८२
२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

सोमवार भदौ ९ , २०८२
रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

सोमवार भदौ ९ , २०८२

विचार

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु

 कुवेतमा फ्लाइओभर बाट हामफाले पछि नेपाली युवाको मृत्यु

मङ्लबार भदौ १० , २०८२
२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

सोमवार भदौ ९ , २०८२
रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

सोमवार भदौ ९ , २०८२

थप समाचार

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु
अन्तर्राष्ट्रिय

 कुवेतमा फ्लाइओभर बाट हामफाले पछि नेपाली युवाको मृत्यु

मङ्लबार भदौ १० , २०८२
२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि
ताजा समाचार

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

सोमवार भदौ ९ , २०८२
रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए
ताजा समाचार

रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

सोमवार भदौ ९ , २०८२
भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश
अन्तर्राष्ट्रिय

भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

सोमवार भदौ ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: प्रहरीकै ह*त्या, एप्पल र ओपनएआइविरुद्ध Muskले हाले मुद्दा || Nepal Times

World News: प्रहरीकै ह*त्या, एप्पल र ओपनएआइविरुद्ध Muskले हाले मुद्दा || Nepal Times

00:15:07

World News: पाकिस्तानले बंगालदेशसंग माफी माग्नु पर्ने,युक्रेन यु*द्ध नयाँ मोडमा || Nepal Times

00:19:31

पुटिनको ‘जाल’बारे खतरनाक चेता*वनी, इजरेली ल*डाकु इरानले मार्यो|| Nepal Times

00:16:23

World News: Putin लाई Trump को दुई हप्ते अल्टिमेटम, Imran लाई ८ मु*द्दामा सफाइ|| Nepal Times

00:24:37

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

00:22:52

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

हालका पोस्टहरू

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु

 कुवेतमा फ्लाइओभर बाट हामफाले पछि नेपाली युवाको मृत्यु

मङ्लबार भदौ १० , २०८२
२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

सोमवार भदौ ९ , २०८२
रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

सोमवार भदौ ९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.