२५ साउन, काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् । बैठक सोमबार ४ बजे बोलाइएको छ ।
बैठकमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने प्रस्ताव लैजाने भएकी छन् ।
मन्त्री भुसालले वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विशिष्ट श्रेणी सरह सेवा सुविधा दिने गरी मन्त्रालयमा तान्ने र घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रस्ताव तयार पारेको स्रोतले बताएको छ ।
१९ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री भुसाललाई कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न प्रकृया अघि बढाउन निर्देशन दिएका थिए ।
केपी ओली नेतत्वको सरकारले २७ माघ २०७७ मा शाक्यलाई कार्यकारी निर्देशक शाक्य नियुक्त गरेको थियो ।