सपनाको बिस्कुन उठाएर
भकारी भरें,
र, झोलामा दुई माना खुशी बोकेर,
बेहेरे खोला हुँदै झरें ।
त्यो बेला म–
ठूलो रुखबाट,
बुबा खेलेको आँगन बिरानो बनाई,
मेरा आफन्तहरु छोडेर,
सपना बिपना बनाउँन र सप्तरङी सपना बुन्न,
पोथ्रामा सरेको थिएँ!
आज धेरै बर्ष भो,
पोथ्रामा पातहरु पलाएका छैनन्,
तैपनि, सपनाका फूलहरु औईलाएका छैनन !!
– बिके दाहाल