सुशासन र अपराध नियन्त्रणमा सहयोग गर्न खेलाडीहरुलाई आह्वान

सुशासन र अपराध नियन्त्रणमा सहयोग गर्न खेलाडीहरुलाई आह्वान

विराटनगर,असार २३
गृहमन्त्री रामबहादुर थापाले सुशासन र अपराध नियन्त्रण गर्ने सरकारको अभियानमा सहयोग गर्न खेलाडीहरुलाई पनि आह्वान गरेका छन । गृहमन्त्री थापाले युवाहरु लागूपदार्थ दूव्र्यसनीमा फस्दै गएको उल्लेख गर्दै त्यसलाई निष्तेज पार्ने काममा सबैले सरकारलाई सहयोग गर्नुपर्ने पनि स्पष्ट पारे ।

नेपाल मगर संघले मगर खेलाडीहरुको सम्मानमा शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारले खेलकुद क्षेत्रको माध्यामबाट पनि मुलुकलाई समृद्ध बनाउन चाहेको पनि बताएका छन ।

खेलकुद क्षेत्रलाई उद्योगको रुपमा विकास गरेर पनि मुलुकको विकास र समृद्धिमा योगदान दिन सकिने गृहमन्त्री थापाको भनाई छ । गृहमन्त्री थापाले मुलुकको विकास र समृद्धिको लक्ष्य हासिल गर्न सरकारले खेलकुद क्षेत्रको विकासमा विशेष ध्यान दिएको दावी पनि गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.