अफगानस्तानमा रहेका नेपालीको उद्धार गर्न कार्यदल गठन

अफगानस्तानमा रहेका नेपालीको उद्धार गर्न कार्यदल गठन

काठमाडौं: अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण रोजगारीका सिलसिलामा त्यहाँ रहेका नेपालीहरुको उद्धारमा समन्वय गर्न सरकारले कार्यदल गठन गरेको छ ।

हाल त्यहाँको अबस्था कस्तो छ भन्ने वस्तुगत रुपमा यकिन गरी आवश्यक समन्वयका साथ उद्धारका कार्यहरु गर्नका लागि मुख्यसचिवको संयोजकत्वमा बसेकाे बैठकले सो कार्यदल गठन गरेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आइतबार भएको अन्तर–मन्त्रालय बैठकले परराष्ट्र मन्त्रालयका मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा अर्थ मन्त्रालय, गृह मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयक मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल प्रहरी, कोभिड–ज्ञढ संकट व्यवस्थापन केन्द्र र कन्सुलर सेवा विभागबाट राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सो सरहका सदस्यहरु रहने गरी एक कार्यदल गठन गरिएको हो

उद्धार प्रयोजनका लागि अफगानिस्तानमा रहेका नेपाली नागरिकहरुको विवरण संकलन गर्न कन्सुलर सेवा विभागको वेबसाइटको व्यवस्था गरिएको समेत जनाइएको छ सो पोर्टलमा आफ्नो नामसहितको उल्लेख गर्नुपर्ने विवरण तत्काल भरी दर्ता गराउनुहुन सम्बन्धित व्यक्ति वा परिवारका सदस्यलाई आग्रह गरिएको छ ।,याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.