काठमाडौं : नेपाल वायु सेवा निगमले अफगानिस्तानको राजधानी काबुलका लागि भदौ १० मा चार्टर उडान गर्ने भएको छ ।
निगमका एक निर्देशकका अनुसार त्यहाँका विभिन्न कम्पनीबाट लकडाउनअघि बिदामा घर आएर फर्कन नसकेकालाई पुर्याउन र फर्किन खोजिरेहका नेपालीका लागि उडान गर्न लागेको हो ।
‘यो चार्टर उडान दुबईको एउटा कम्पनीले गर्न लागेको हो’, उनले भने, ‘आइतबार निगमलाई चार्टरबापतको भाडा प्राप्त भइसकेको छ ।’
‘बुकिङ गर्ने कम्पनीले यात्रा गर्नेहरु जाने र फर्किने कम्तीमा ७०/७० जना नेपाली हुने भनेको छ । प्रतिघण्टा ७ हजार ७ सय १० अमेकिरी डलरका दरले चार्टर उडान हुनेछ’ उनले भने ।
३ घण्टाको उडानमा निगमले न्यारोबडी एयरबस ३२० पठाउने भएको छ । उडानका लागि नेपालले भारत र पाकिस्तानको हवाई रुट प्रयोग गर्नुपर्ने भएकाले ओभरफ्लाइ अनुमति लिनुपर्छ ।, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।