अफगानिस्तानमा रहेका नेपालीलाई लिन निगमको चार्टर विमान भदौ १० मा काबुल जाँदै

अफगानिस्तानमा रहेका नेपालीलाई लिन निगमको चार्टर विमान भदौ १० मा काबुल जाँदै

काठमाडौं : नेपाल वायु सेवा निगमले अफगानिस्तानको राजधानी काबुलका लागि भदौ १० मा चार्टर उडान गर्ने भएको छ ।

निगमका एक निर्देशकका अनुसार त्यहाँका विभिन्न कम्पनीबाट लकडाउनअघि बिदामा घर आएर फर्कन नसकेकालाई पुर्याउन र फर्किन खोजिरेहका नेपालीका लागि उडान गर्न लागेको हो ।

‘यो चार्टर उडान दुबईको एउटा कम्पनीले गर्न लागेको हो’, उनले भने, ‘आइतबार निगमलाई चार्टरबापतको भाडा प्राप्त भइसकेको छ ।’

‘बुकिङ गर्ने कम्पनीले यात्रा गर्नेहरु जाने र फर्किने कम्तीमा ७०/७० जना नेपाली हुने भनेको छ । प्रतिघण्टा ७ हजार ७ सय १० अमेकिरी डलरका दरले चार्टर उडान हुनेछ’ उनले भने ।

३ घण्टाको उडानमा निगमले न्यारोबडी एयरबस ३२० पठाउने भएको छ । उडानका लागि नेपालले भारत र पाकिस्तानको हवाई रुट प्रयोग गर्नुपर्ने भएकाले ओभरफ्लाइ अनुमति लिनुपर्छ ।, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.