३ भदौ, काठमाडौं ।
काठमाडौंमा भोलिदेखि कक्षा ११ र १२ का विद्यार्थीले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज दिइने भएकाे छ।
१८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरुलाई खोप दिइने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले बताए ।
उनका अनुसार खोप अभियान भदौ ४ गतेदेखि ६ गतेसम्म सञ्चालन हुनेछ।