कोरिया रोजगारीको बाटो खुल्यो

कोरिया रोजगारीको बाटो खुल्यो

काठमाडौं: रोजगार अनुुमति प्रणाली (ईपीएस)मार्फत दक्षिण कोरियाको रोजगारीमा जान सबै प्रक्रिया पूरा गरी झन्डै डेढ वर्षदेखि प्रतीक्षामा रहेका श्रमिकका लागि बाटो खुलेको छ । दक्षिण कोरियाको रोजगारीमा सरकारले कार्यविधि नै संशोधन गर्दै काठमाडौँबाट सीधै सिओलसम्मको हवाई टिकट खरिदका लागि बुधबार टेन्डर आह्वान गरेको छ । यससँगै रोजगारीमा जानेको बाटो खुलेको हो ।

वैदेशिक रोजगार विभागले आर्थिक वर्ष २०७८र७९ वा कोरोना महामारीका कारण दक्षिण कोरियाको मानव संसाधन विभाग (एचआरडी)को सीधा उडानमार्फत पठाउनुपर्ने सर्तमध्ये जुन पहिला आउँछ, सो अवधिसम्मका लागि हवाई टिकट खरिद गर्न टेन्डर आह्वान गरेको जनाएको छ । विभागका अनुसार इजाजतप्राप्त संस्थाहरूलाई ३१ दिनभित्र विद्युतीय बोलपत्र पेस गर्न आग्रह गरिएको छ ।

यसअघि पनि दक्षिण कोरिया श्रमिक पठाउने टेन्डर आह्वान हुन्थ्यो तर सीधै दक्षिण कोरिया पठाउनुपर्ने सर्त नभएको भन्दै विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले यस पटक कोरोना जोखिमका कारण कोरियाले सीधै सिओल पुग्नुपर्ने सर्त राखेपछि कार्यविधि संशोधन गरी त्यसअनुसार टेन्डर आह्वान गरिएको जानकारी दिए ।, याे समाचार गोरखापत्र दैनिकमा छापिएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.