पौडेलको बिदाईमा ओलीको नक्कल, तामझाम र राजर्षी शैली

पौडेलको बिदाईमा ओलीको नक्कल, तामझाम र राजर्षी शैली

काठमाडौं : बागमती प्रदेशको पहिलो मुख्यमन्त्री बनेका डोरमणि पौडेलको बिदाई असामान्य देखिएको छ । हेटौडा उपमहानगरपालिका २ स्थित मुख्यमन्त्री निवासबाट हेटौंडा ११ नवलपुरस्थित निजि निवासमा फर्कदा देखिएको दृश्य केही रोचक र असान्दर्भिक देखिन्थ्यो ।

नेपालकै सबैभन्दा पाको उमेरका मुख्यमन्त्रीबाट धेरैले सादगी, सरलता र असल संस्कार अपेक्षा गरेका थिए । त्यसमाथि कोरोना भाइरस (कोभिड १९) को बढ्दो संक्रमणबीच भेला, गोष्ठी गर्न स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ ।

तर करिब साढे ३ वर्ष मुख्यमन्त्री भएका ७५ वर्षीय पौडेलको बिदाई र त्यसपछिको उनको भाषणले धेरैलाई निराश बनायो । नेकपा एमाले अध्यक्षका केपी शर्मा ओली प्रधानमन्त्रीबाट पदमुक्त भएपछि बालुवाटारबाट बालकोट जाँदाको झल्को लिनेगरि पौडेल घर पुगेका थिए ।

मुख्यमन्त्री निवासमा भेला भएका कार्यकर्ताले ‘डीएम बा आइ लब यू’, ‘डिएम सर उई लभ यू’, ‘हाम्रो नेता कस्तो होस्, डीएम सर जस्तो होस्’, पार्टी एकता जिन्दावाद, नेकपा एमाले जिन्दावाद, लगायतका नारा लगाएका थिए ।

जनताको सेवक नेताले नयनकार खोज्ने र गर्ने संस्कार एमाले अध्यक्षबाट विस्तारै तल्लो तहसम्म पुग्दै गरेको झल्को पौडेलको बिदाईले झल्काउँथ्यो । ठ्याक्कै ओलीको शैलीको नक्कल, तामझाम र राजर्षी शैलीमा ।,याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.