वडा सचिवहरु धादिङबेंसीबाट हेलिकप्टर चार्टर गरेर कार्यालय पुगे

वडा सचिवहरु धादिङबेंसीबाट हेलिकप्टर चार्टर गरेर कार्यालय पुगे

काठमाडौं : सडक सञ्जालले नछोएको धादिङको रुवीभ्याली गाउँपालिका वडा सचिवहरु हेलिकप्टर चार्टर गरेर बुधबार कार्यक्षेत्र पुगेका छन् ।रुबीभ्यालीका ५ वडा सचिवहरुलाई काठमाडौंबाट आएको हेलिकप्टरले धादिङबेंसीबाट सेर्तुङस्थित गाउँपालिका कार्यालय पुर्याएको हो ।

रुवीभ्यालीका ६ वडा ५ सचिवको भरमा छन् । वडा १ र २ मा कपिल सुवेदी, ३ मा विकास महर्जन, ४ मा ललिता निरौला, ५ मा सम्झना रिमाल र ६ मा अनुशा राई वडा सचिव छन् ।

स्रोतका अनुसार सुवेदी र राई परीक्षा भन्दै एक महिनादेखि धादिङबेंसीमा थिए । महर्जन, निरौला र रिमाल भने एक साताअघि सामाजिक सुरक्षा भत्ता निकाल्न आइपुगेका छन् ।

धादिङबेंसीदेखि सेर्तुङ पुग्न हेलिकप्टरले करिब एक लाख रुपैयाँ भाडा लिन्छ । वडा सचिवहरुले भने आफूहरुले प्रतिव्यक्ति ११ हजार रुपैयाँ तिरेर हेलिकपटर मगाएको बताएका थिए ।

सुवेदीले भने, ‘अहिले मोटर बाटो छैन, गत आवमा दिन नसकिएको सामाजिक सुरक्षा भत्ताको रकम नगदै बोकेर पैदल जाँदा जोखिम भएकोले आफ्ननै खर्चम भए पनि हेलिकपटरमा गाउँ गएका हौं ।’, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.