७ भदाै, काठमाडौं ।
जापानबाट अनुदानको थप खोप साेमबार बिहान काठमाडौं आइपुगेको छ । बिहान साढे ९ बजे कतार एयरलाइन्सको विमानबाट पाँच लाख ५९ हजार ३६० मात्रा अष्ट्राजेनिकाकाे खोप आइपुगेको खोप व्यवस्थापन शाखाका प्रमुख बडेबहादुर थापाले जानकारी दिए ।
जापानले नेपाललाई १६ लाख १४ हजार ७४० डोज खोप उपलब्ध गराउने घोषणा गरेको थियो । त्यसमध्ये ११ लाख डोज उपलब्ध गराएकोमा सोमबार बाँकी खोप नेपाल ल्याइएको खोप व्यवस्थापन शाखाका प्रमुख थापाले जानकारी दिए ।