×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
संवैधानिक परिषद्मा सन्तुलन मिलाउन रास्वपाले कसलाई देला उपसभामुख ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026

काँग्रेसको १४औँ महाधिवेशन: ३८ जिल्लामा निर्वाचन अधिकृत खटाइयो

१२ भाद्र २०७८

काठमाडौँ: नेपाली काँग्रेसले पार्टीको १४औँ महाधिवेशनको प्रक्रिया सुरु गर्न ३८ जिल्लामा निर्वाचन अधिकृत खटाएको छ । यही भदौ १८ गते गाउँपालिका तथा नगरपालिकाको वडास्तरको अधिवेशन सुरु गर्न पार्टीले क्रियाशील सदस्यताको छिनोफानो भएका जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाएको हो ।

पार्टीको केन्द्रीय निर्वाचन समितिका संयोजक कानुनविद् महादेव यादवले जिल्ला निर्वाचन अधिकृतहरू खटिएको जिल्लामा जाने क्रम सुरु भएको जानकारी दिनुभयो । पहिलो चरणमा हिमाली र पहाडी जिल्लामा निर्वाचन अधिकृत खटाइएको छ । हिमाली र दुर्गम जिल्लामा पुग्न केही दिन लाग्ने भएकाले पहिलो चरणमा निर्वाचन अधिकृत खटाइएको उहाँले बताउनुभयो । निर्वाचन अधिकृतलाई क्रियाशील सदस्यताको नामावली, निर्वाचन निर्देशिका लगायतका निर्वाचनसँग सम्बद्ध सामग्री पठाइएको छ । काठमाडौँ आसपासका जिल्ला र सुगम जिल्लामा भने एक दुई दिनमा प्रतिनिधि खटाइने भएको छ ।

Advertisement

क्रियाशील सदस्यताको छिनोफानो भएपछि बाँकी जिल्लामा पनि प्रतिनिधि खटाइने जानकारी काँग्रेसले दिएको छ । पार्टीले क्रियाशील सदस्यतालाई अन्तिम रूप दिन समय लागे पनि छिनोफानो भएका जिल्लामा भने निर्वाचन प्रक्रिया सुरु गर्न निर्वाचन अधिकृत खटाइएको हो ।

सबै जिल्लामा भदौ १८ गते एकै चरणमा वडास्तरको अधिवेशन गरिने भए पनि प्रतिनिधि भने विभिन्न चरणमा खटाउनुपर्ने अवस्था रहेको जनाइएको छ । अब निर्धारित मितिमै पार्टीको महाधिवेशन गर्ने नै आफूहरूको उद्देश्य रहेको निर्वाचन समितिका संयोजक यादवले बताउनुभयो ।

Advertisement

यसैबीच, पार्टीको निर्वाचन समितिले विभिन्न ४८ जिल्लाका क्रियाशील सदस्यताको विवरण बेवसाइटमा सार्वजनिक गरिएको जनाएको छ । निर्वाचन समितिका संयोजक यादवले हालसम्म क्रियाशीलको टुङ्गो लागेका ४८ जिल्लाका कायम रहेका सदस्यहरूको नामावली सार्वजनिक गरिएको जानकारी दिनुभयो । अब २९ जिल्लामा क्रियाशील सदस्यताको टुङ्गो लाग्न बाँकी छ ।,याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सम्बन्धित खबरहरु

Scroll to Top