NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
Next
Prev

समाचार

कांग्रेसमा महाधिवेशन चटारो: निजी कार्यालय खोलेर कार्यकर्तासँग जोडिँदै नेताहरू

शनिबार भदौ १२ , २०७८
Reading Time: 1 min read
A A
कांग्रेसमा महाधिवेशन चटारो: निजी कार्यालय खोलेर कार्यकर्तासँग जोडिँदै नेताहरू
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौं: नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिलगायत विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका नेताहरूले सम्पर्क कार्यालय खोल्न थालेका छन् । कांग्रेस उपसभापति विमलेन्द्र निधिले शुक्रबार नयाँबानेश्वरको थापागाउँमा महाधिवेशनका लागि सम्पर्क कार्यालय खोलेका छन् ।

सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले सभापति पदमा उम्मेदवारी दिने घोषणा गरे । यसअघि विभिन्न नेताले विभिन्न ठाउँमा सम्पर्क कार्यालय खोलेका छन् । केही नेताहरूले १३औं महाधिवेशनको बेला खोलिएको सम्पर्क कार्यालयलाई नै निरन्तरता दिएका छन् । निधिले सम्पर्क कार्यालय उद्घाटन अलि फरक किसिमबाट गरेका छन् ।

उद्घाटन गर्नुअघि पशुपतिनाथ मन्दिरका मूल भट्टका प्रतिनिधि, जानकी, दक्षिणकाली, बगलामुखी, डोलेश्वरलगायत मन्दिरका पुजारी तथा पण्डितहरूले सम्पर्क कार्यालयमा पूजापाठ गरेका थिए । निधिले ती पुजारी तथा पण्डितबाट आशीर्वाद लिएर सम्पर्क कार्यालय उद्घाटन गरेका थिए । त्यस अवसरमा पण्डित तथा विभिन्न मन्दिरका पुजारीले मन्तव्य पनि राखे ।

Advertisement

सम्पर्क कार्यालय उद्घाटन कार्यक्रम राजनीतिक भए पनि धार्मिक अनुष्ठानजस्तो देखिन्थ्यो । निधिले रुद्राक्ष र सयपत्रीको माला लगाएका थिए । आफूलाई विभिन्न शक्तिपीठका पुजारी र धार्मिक गुरूहरूले आशीर्वाद दिएको उनले बताए । उनले धार्मिक गुरु कमलनयनाचार्यसँग पनि आफूले आशीर्वाद लिएको सुनाए । कार्यक्रममा उनले नेपाली कांग्रेसले धार्मिक स्वतन्त्रतामा विश्वास गर्ने पनि बताए ।

सभापतिमा आफ्नो उम्मेदवारी कसैलाई हराउन वा कसैलाई अक्षम देखाउन नभएको निधिले बताए । आगामी चुनावमा नेपाली कांग्रेसलाई बहुमत दिलाउन आफू सभापति बन्न चाहेको उनको भनाइ थियो । निधिको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवासँग निकट भनेर चिनिएका नेताहरूको पनि उपस्थिति थियो ।

देउवाको गृहजिल्ला डडेलधुराका कांग्रेस सभापति कर्ण मल्ल, कांग्रेस काभ्रेपलाञ्चोकका सभापति मधु आचार्य, कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीलगायत त्यहाँ उपस्थित थिए । प्रदेश २ सरकारका मन्त्री रामसरोज यादव पनि कार्यक्रममा उपस्थित थिए । शिव चौधरी, मीनाक्षी झा, स्मृतिनारायण चौधरी, पूर्वसांसद प्रेमकिशोर यादव, नरेश यादवलगायत नेताहरू पनि उपस्थित थिए ।

निधिले १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेपछि सभापति देउवासँग उनको सम्बन्ध पहिले जस्तो सुमधुर छैन । पहिला देउवा खेमामा रहेका निधिले महाधिवेशनमा चुनावी तालमेलका लागि पार्टी महामन्त्री शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमानसिंहलगायतसँग पटकपटक छलफल गरिसकेका छन् ।

कांग्रेस नेता रामचन्द्र पौडेलले पहिले नै अनामनगरमा सम्पर्क कार्यालय खोलिसकेका छन् । १३ औं महाधिवेशनमा पनि पौडेलले सोही ठाउँमा सम्पर्क कार्यालय खोलेका थिए । १३औं महाधिवेशनमा उनी सभापतिको उम्मेदवार थिए । यसैगरी १३औं महाधिवेशनमा सभापतिको प्रत्याशी बनेका कृष्ण सिटौलाले १४औं महाधिवेशनका लागि गौशालामा सम्पर्क कार्यालय खोलेका छन् । सिटौलाका सहयोगी किरन सिटौलाका अनुसार गत चैत १ गतेदेखि नै गौशालामा सम्पर्क कार्यालय खोलिएको हो ।

एक÷डेढ वर्षअघि महाराजगगन्जमा खोलिएको सम्पर्क कार्यालयलाई चैत १ गते गौशालामा सारिएको किरणले बताए । कांग्रेसका अर्का नेता प्रकाशमान सिंहले पनि नयाँबानेश्वरमा सम्पर्क कार्यालय खोलेका छन् । सहयोगी युपी लामिछानेका अनुसार सिंहले प्रतिनिधिसभाको चुनावमा मतदातासँग सम्पर्क गर्न नयाँबानेश्वरमा कार्यालय खोलेका थिए । सोही ठाउँमा महाधिवेशनका लागि पनि सम्पर्क कार्यालय खोलेका सिंहले अहिले नेता तथा कार्यकर्तासँग भने क्षेत्रपाटीस्थित निवासबाटै भेटघाट गर्दै आएको लामिछानेले बताए ।

त्यस्तै १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका शेखर कोइरालाले अनामगनर र विशालनगरमा दुईवटा सम्पर्क कार्यालय खोलेका छन् । अनामनगरमा खोलिएको कार्यालयले नपुगेर विशालनगरमा खोल्नुपरेको कोइरालाका सहयोगी दिनेशचन्द्र थपलियाले बताए । १३औं महाधिवेशनका बेला कोइरालाले अनामनगरमा सम्पर्क कार्यालय खोलेका थिए ।,याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

लोकप्रीय

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२

विचार

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२

थप समाचार

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति
मनोरन्जन

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: यु*द्ध रोक्न Russiaलाई नयाँ डेडलाइन, रोकियो भारतीय नर्सको मृ*त्युदण्ड || Nepal Times

World News: यु*द्ध रोक्न Russiaलाई नयाँ डेडलाइन, रोकियो भारतीय नर्सको मृ*त्युदण्ड || Nepal Times

00:16:03

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

00:13:47

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२

हालका पोस्टहरू

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.