×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026
Playing
राजदूत भन्छन– पत्र पठाएका छौँ, औपचारिक जानकारी छैन|| Nepal Times
Apr 04, 2026

भौतिक उपस्थितिमै पठनपाठन

१२ भाद्र २०७८

सिन्धुपाल्चोक: कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएपछि बन्द रहेका सिन्धुपाल्चोकका अधिंकाश शैक्षिक संस्थामा भौतिक उपस्थितिमा नै पठनपाठन सुरु भएको छ ।

सिन्धुपाल्चोकका १२ स्थानीय सरकारमध्ये सुनकोसी र भोटेकोसी गाउँपालिकाबाहेक अन्य सबै स्थानी सरकारअन्तर्गत रहेका सामुदायिक र निजी विद्यालयमा भौतिक उपस्थितिमै पठनपाठन सुरु भएको हो ।

Advertisement

कोरोना कहरसँगै बाढी पहिरोको चपेटामा परेको मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी गाउँपालिकामा समेत केही दिनदेखि शिक्षक र विद्यार्थीको भौतिक उपस्थितिमा नियमित पठनपाठन सुरु गरिएको छ । डीसीसीएमसीले पठनपाठन सुरु गर्न औपचारिक रूपमा निर्णय नगरे पनि गाउँपालिकाले आफ्नो क्षेत्रमा पठनपाठन सुरु गरेका हुन् ।

लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीमा समस्या भएको भन्दै कतिपय गाउँपालिका र नगरपालिकाले विद्यालय सञ्चालन गर्न नभने पनि विद्यालय आफैँले विद्यार्थी बोलाएर पठनपाठन सुरु गरेका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिकाअन्तर्गतका सबै विद्यालयमा दुई सातादेखि नै भौतिक उपस्थितिमा पठनपाठन सुरु गरिएको नगरपालिकाका शिक्षा शाखाका अमित घिमिरेले बताए ।

‘हामीले औपचारिक रूपमा विद्यालय सञ्चालन गर्नु भनेको त छैन तर सबै विद्यालयले आफैंले निर्णय गरेर पढाउन थाल्नुभएको छ,’ नगरपालिकाका शिक्षा शाखाका घिमिरेले भने ।

सदरमुकाम चौतारामा रहेको कृष्णरत्न गंगा माविलगायत नगरभित्रका प्रायः सबै विद्यालय अहिले सञ्चालनमा छन् ।

बढीपहिरोबाट ठूलो भौतिक क्षति बेहोरेको मेलम्ची नगरपालिकाको शिक्षा शाखाले पनि १७ साउनदेखि शिक्षक अनिवार्य विद्यालयमा उपस्थिति हुन भनेको थियो । अहिले नगरभित्रका सबै विद्यालय आंशिक रूपमा सञ्चालन भएको शिक्षक रमेश चापागाईले जानकारी दिए ।

Advertisement

बाढी पहिरोको समस्यामा रहेको र अधिकांश विद्यालय आउने सडक बिग्रे पनि हेलम्बु गाउँपालिकामा पनि भौतिक उपस्थितमा नै बुधबारदेखि पठनपाठन सुरु गरिएको हाे ।, याे समाचार आजको राजधानी दैनिकमा दिनेश थापाले खवर लेखेका छन् ।

भर्खरको समाचार

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सम्बन्धित खबरहरु

Scroll to Top