×

NEPAL TIMES UPDATES

Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026

नेपाललाई एनआरएनए अमेरिकाले दियो ३ करोड १६ लाख बराबरका स्वास्थ्य सामग्री

१४ भाद्र २०७८

१४ भदौ, अमेरिका ।

गैरआवासीय नेपाली सङ्घ अमेरिकाले नेपाललाई तीन करोड १६ लाख नेपाली रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

अमेरिकी सेक्रेटरी अफ डिफेन्स र एनआरएन अमेरिकाबीच महामारी र विपत्तिमा नेपालीलाई सहयोग गर्ने सहमति भएको दुई सातामै एनआरएनए अमेरिकाले स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

अमेरिकाको युटाह राज्यको साल्ट लेक सीटीबाट ९ हजार ६ सय १० पाउन्ड अर्थात् ४ दशमलव ८ टन बराबरको स्वास्थ्य उपकरण र सामग्री अमेरिकी सेनाको जहाजबाट नेपाल पठाइएको छ ।

एनआरएनए अमेरिकाले अक्सिजन कन्सनटेटर ६४ थान, अक्सिजन पल्स अक्सिमिटर ३० बक्स, भोल्ट स्टेप अप–डाउन ट्रान्सफरमर २६ थान, ठुलो परिमाणमा एन ९५ मास्क, केएन ९५ मास्क २ हजार १०८ बक्स, ठुलो परिमाणमा फेस सिल्ड, विभिन्न साइजको सर्जिकल गाउन सुट ११० बक्स, ठुलो परिमाणमा स्वाव टेस्टटर, सी प्याप उपकरण १५ बक्ससहित पाँच प्यालेटमा ९ हजार ६ सय १० पाउन्ड अर्थात् ४ दशमलव ८ टन सामग्री नेपाल पठाएको जनाएको छ ।

स्वास्थ्य उपकरण र सामग्री अगष्ट ३१ तारिख नेपाल पुग्नेछ । नेपाल र नेपालीलाई कोभिड महामारी विरुद्धको अभियानमा सहयोग स्वरूप पठाइएका स्वास्थ्य उपकरण र सामग्री नेपाल सरकारलाई हस्तान्तरण गर्न एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदी काठमाडौँ पुगेका छन् ।

अध्यक्ष सुवेदीले गैरआवासी नेपाली सङ्घ अमेरिकाको तर्फबाट नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाई सबै सामान हस्तान्तरण गर्ने बताएका छन् । हस्तान्तरण कार्यक्रममा परराष्ट्र मन्त्रालय, नेपाली सेना, अमेरिकी राजदूतावास, अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग यूएसएआइडीका प्रतिनिधि पनि सहभागी हुने कार्यक्रम छ ।

नेपालमा सामग्री पठाउने वातावरण बनाउन एनआरएनए अमेरिकाका अध्यक्ष सुवेदी र कोषाध्यक्ष राजीव श्रेष्ठले सेक्रेटरी अफ डिफेन्ससँग सम्बन्ध विकास गरी पत्राचार गरेका थिए ।

सेक्रेटरी अफ डिफेन्सका तर्फबाट युटाह नेशनल गार्ड स्टेट पार्टनरसिप कार्यक्रमका निर्देशक मेजर जनरल वीलियम के बेइसिन्जरले काम गरेका थिए । एनआरएनए अमेरिकाको सबै पक्षबाट अनुसन्धान गरेपछि सेक्रेटरी डिफेन्सले नेपाल र नेपालीलाई आपतविपत र महामारीमा सहयोग गर्ने गरी सहमति भएको थियो ।

सहमति अनुसार अमेरिकी सेनाको विमानले स्वास्थ्य सामग्री ढुवानी गरिदिनेछ । एनआरएनए अमेरिकाका अध्यक्ष सुवेदी यसलाई महत्त्वपूर्ण सफलता मान्छन् । सुवेदीले भने,“अव एनआरएनए अमेरिकाले आपतविपत र महामारीमा अमेरिकाको सेक्रेटरी अफ डिफेन्स अन्तरगतको सहयोग कार्यक्रमबाट निःशुल्क सहयोग सामाग्री नेपाल पठाउन सक्नेछ ।”

अमेरिकाबाट नेपालसम्मको ढुवानी खर्च निक्कै महँगो भएका कारण यो सहमतिलाई महत्त्वपूर्ण मानिएको हो । सेक्रेटरी डिफेन्सको यो सहयोगलाई अमेरिकामा रहेका नेपाली सङ्घ संस्था र प्रतिष्ठित व्यक्तिहरूले यसलाई सकारात्मक रूपमा लिएका छन् ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top