NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
बालेनःसतरंजका खुंखार खेलाडी,जेनजी आन्दोलनका किङमेकर शुक्रबार अशोज ३ , २०८२
एक्शनमा कुलमान,अलपत्र आयोजनाको ठेक्का तोडिने,सुनकोशी मरिन रद्ध शुक्रबार अशोज ३ , २०८२
नेताले गरे संविधान दिवस समारोह बहिष्कार,कुन नेताले के रटान लगाए ? शुक्रबार अशोज ३ , २०८२
ओलीमा अझै गएन घमण्ड, न पश्चाताप न क्षमा याचना शुक्रबार अशोज ३ , २०८२
ओलीको वाक्य फुट्यो,‘ताकी ताकी गोली हान्न आदेश दिएको थिइन’ शुक्रबार अशोज ३ , २०८२
Next
Prev

समाचार

नेपाललाई एनआरएनए अमेरिकाले दियो ३ करोड १६ लाख बराबरका स्वास्थ्य सामग्री

सोमवार भदौ १४ , २०७८
Reading Time: 1 min read
A A
नेपाललाई एनआरएनए अमेरिकाले दियो ३ करोड १६ लाख बराबरका स्वास्थ्य सामग्री
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१४ भदौ, अमेरिका ।

गैरआवासीय नेपाली सङ्घ अमेरिकाले नेपाललाई तीन करोड १६ लाख नेपाली रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

अमेरिकी सेक्रेटरी अफ डिफेन्स र एनआरएन अमेरिकाबीच महामारी र विपत्तिमा नेपालीलाई सहयोग गर्ने सहमति भएको दुई सातामै एनआरएनए अमेरिकाले स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

LS Auto

अमेरिकाको युटाह राज्यको साल्ट लेक सीटीबाट ९ हजार ६ सय १० पाउन्ड अर्थात् ४ दशमलव ८ टन बराबरको स्वास्थ्य उपकरण र सामग्री अमेरिकी सेनाको जहाजबाट नेपाल पठाइएको छ ।

एनआरएनए अमेरिकाले अक्सिजन कन्सनटेटर ६४ थान, अक्सिजन पल्स अक्सिमिटर ३० बक्स, भोल्ट स्टेप अप–डाउन ट्रान्सफरमर २६ थान, ठुलो परिमाणमा एन ९५ मास्क, केएन ९५ मास्क २ हजार १०८ बक्स, ठुलो परिमाणमा फेस सिल्ड, विभिन्न साइजको सर्जिकल गाउन सुट ११० बक्स, ठुलो परिमाणमा स्वाव टेस्टटर, सी प्याप उपकरण १५ बक्ससहित पाँच प्यालेटमा ९ हजार ६ सय १० पाउन्ड अर्थात् ४ दशमलव ८ टन सामग्री नेपाल पठाएको जनाएको छ ।

स्वास्थ्य उपकरण र सामग्री अगष्ट ३१ तारिख नेपाल पुग्नेछ । नेपाल र नेपालीलाई कोभिड महामारी विरुद्धको अभियानमा सहयोग स्वरूप पठाइएका स्वास्थ्य उपकरण र सामग्री नेपाल सरकारलाई हस्तान्तरण गर्न एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदी काठमाडौँ पुगेका छन् ।

अध्यक्ष सुवेदीले गैरआवासी नेपाली सङ्घ अमेरिकाको तर्फबाट नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाई सबै सामान हस्तान्तरण गर्ने बताएका छन् । हस्तान्तरण कार्यक्रममा परराष्ट्र मन्त्रालय, नेपाली सेना, अमेरिकी राजदूतावास, अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग यूएसएआइडीका प्रतिनिधि पनि सहभागी हुने कार्यक्रम छ ।

नेपालमा सामग्री पठाउने वातावरण बनाउन एनआरएनए अमेरिकाका अध्यक्ष सुवेदी र कोषाध्यक्ष राजीव श्रेष्ठले सेक्रेटरी अफ डिफेन्ससँग सम्बन्ध विकास गरी पत्राचार गरेका थिए ।

सेक्रेटरी अफ डिफेन्सका तर्फबाट युटाह नेशनल गार्ड स्टेट पार्टनरसिप कार्यक्रमका निर्देशक मेजर जनरल वीलियम के बेइसिन्जरले काम गरेका थिए । एनआरएनए अमेरिकाको सबै पक्षबाट अनुसन्धान गरेपछि सेक्रेटरी डिफेन्सले नेपाल र नेपालीलाई आपतविपत र महामारीमा सहयोग गर्ने गरी सहमति भएको थियो ।

सहमति अनुसार अमेरिकी सेनाको विमानले स्वास्थ्य सामग्री ढुवानी गरिदिनेछ । एनआरएनए अमेरिकाका अध्यक्ष सुवेदी यसलाई महत्त्वपूर्ण सफलता मान्छन् । सुवेदीले भने,“अव एनआरएनए अमेरिकाले आपतविपत र महामारीमा अमेरिकाको सेक्रेटरी अफ डिफेन्स अन्तरगतको सहयोग कार्यक्रमबाट निःशुल्क सहयोग सामाग्री नेपाल पठाउन सक्नेछ ।”

अमेरिकाबाट नेपालसम्मको ढुवानी खर्च निक्कै महँगो भएका कारण यो सहमतिलाई महत्त्वपूर्ण मानिएको हो । सेक्रेटरी डिफेन्सको यो सहयोगलाई अमेरिकामा रहेका नेपाली सङ्घ संस्था र प्रतिष्ठित व्यक्तिहरूले यसलाई सकारात्मक रूपमा लिएका छन् ।

लोकप्रीय

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनःसतरंजका खुंखार खेलाडी,जेनजी आन्दोलनका किङमेकर

शुक्रबार अशोज ३ , २०८२
फेरि तातिए कुलमान,उद्योगमा लाइन फेरि काट्ने

एक्शनमा कुलमान,अलपत्र आयोजनाको ठेक्का तोडिने,सुनकोशी मरिन रद्ध

शुक्रबार अशोज ३ , २०८२
जेनजीको आवाजलाई संविधानले कहिले समेट्छ ?

नेताले गरे संविधान दिवस समारोह बहिष्कार,कुन नेताले के रटान लगाए ?

शुक्रबार अशोज ३ , २०८२

विचार

थप समाचार

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर
ताजा समाचार

ओलीमा अझै गएन घमण्ड, न पश्चाताप न क्षमा याचना
ताजा समाचार

ओलीमा अझै गएन घमण्ड, न पश्चाताप न क्षमा याचना

शुक्रबार अशोज ३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

00:17:46

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

शनिबार भदौ २८ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२

हालका पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनःसतरंजका खुंखार खेलाडी,जेनजी आन्दोलनका किङमेकर

शुक्रबार अशोज ३ , २०८२
फेरि तातिए कुलमान,उद्योगमा लाइन फेरि काट्ने

एक्शनमा कुलमान,अलपत्र आयोजनाको ठेक्का तोडिने,सुनकोशी मरिन रद्ध

शुक्रबार अशोज ३ , २०८२
जेनजीको आवाजलाई संविधानले कहिले समेट्छ ?

नेताले गरे संविधान दिवस समारोह बहिष्कार,कुन नेताले के रटान लगाए ?

शुक्रबार अशोज ३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.