नेपाल भित्रिने दोब्बर बढे

नेपाल भित्रिने दोब्बर बढे

१७ भदौ, काठमाडौं ।

कोभिड–१९ सङ्क्रमणका कारण सिर्जित विषम परिस्थितिका बीच नेपाल भित्रने विदेशीको सङ्ख्या उत्साहजनक रूपमा बढेको छ । अध्यागमन विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार अगस्टमा मात्रै करिब छ हजार विदेशी नेपाल आएका छन् ।

यो सङ्ख्या यसअघिको जुलाईको तुलनामा दोब्बर बढी हो । जुलाईमा कुल दुई हजार ९९१ जना विदेशी नेपाल भित्रिएका थिए ।

अगस्टमा नेपाल भित्रिएकामध्ये सबैभन्दा धेरै भारतबाट एक हजार ९८५ आएको तथ्याङ्क छ । त्यसपछि संंयुक्त राज्य अमेरिकाबाट एक हजार २४४, बेलायतबाट ४१६ र चीनबाट २५३ जना विदेशी भित्रिएको विभागले जनाएको छ ।

विभागका अनुसार अगस्टमा विभिन्न ३३ वटा देशबाट विदेशी नेपाल आएका छन् । जसमध्ये सार्क क्षेत्रका पाँच देशबाट दुई हजार १९२, सार्कबाहेक अन्य आठवटा एसियाली देशबाट ४२३, युरोपबाट एक हजार १५, अस्ट्रेलिया र न्युजिल्यान्डबाट संयुक्त रूपमा ७० जना विदेशी नेपाल आएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.